काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण प्रतिनिधिसभा विघटन भएको दाबी गरेका छन् ।
शनिबार विज्ञप्ति जारी गर्दै बर्तौलाले संविधानको परिपालक र संरक्षकको जिम्मेवारीमा रहेका राष्ट्रपतिबाट भएको संवैधानिक कमजोरी र असावधानीकै कारण प्रतिनिधिसभा विघटन भएको दाबी गरेका हुन्।
उनले सो कमजोरी सच्याउँदै राष्ट्रपतिले स्वयंले संसद् पुनर्स्थापना घोषणा गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘यो केवल संसद्को विघटन मात्र होइन, लोकतन्त्रको आत्मामाथिको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्तामाथिको आघात हो,’ विज्ञप्तिमा भनिएको छ । यद्यपि, यस विषयमा संवैधानिक परीक्षण र उपचारका लागि दर्जनौँ रिट निवेदनहरू सम्मानित अदालतमा दर्ता भई विचाराधीन अवस्थामा रहेको पनि उनले स्मरण गराएका छन् ।
बर्तौलाले अदालतको आदेश कुरिरहनु नपर्ने भन्दै राष्ट्रपतिले आफ्नै पहलमा संवैधानिक कमजोरी सच्याउन सक्ने जिकिर गरेका छन् ।













प्रतिक्रिया