कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते « Khabarhub

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा सात जना सैनिकको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

सेनाका अनुसार उक्त आक्रमण नेशनल लिबरेसन आर्मी (ईएलएन) ले ड्रोन प्रयोग गरी गरेको हो । सेनाले यसलाई ‘आतंकवादी हमला’ को संज्ञा दिँदै यसले सर्वसाधारणको ज्यान जोखिममा पार्नुका साथै मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको जनाएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्स  मार्फत प्रतिक्रिया दिँदै उन्नत एन्टी–ड्रोन प्रणालीको अभावका कारण यस्तो घटना भएको बताएका छन्। उनले अवैध सशस्त्र समूहका यस्ता आक्रमण रोक्न तत्काल आवश्यक एन्टी–ड्रोन प्रणाली खरिद गर्ने आदेश दिएको जानकारी दिए ।

यसैबीच, सैनिक बलका प्रमुख कमाण्डर जनरल फ्रान्सिस्को कुबिदेसले ईएलएनका आतंकवादी गतिविधिविरुद्ध गुप्तचर संकलन तथा सैन्य कारबाहीलाई थप सुदृढ गरिने बताए ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : ०६ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज