१ सय १८ वर्षदेखि लगातार बलिरहेको ४ वाटको एउटा चिम « Khabarhub

१ सय १८ वर्षदेखि लगातार बलिरहेको ४ वाटको एउटा चिम


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तपाईंले घरको चिम कति समयमा परिवर्तन गर्नुहुन्छ । तपाईंको सहज जवाफ हुनसक्छ, बढीमा एक दुई बर्ष । आजकाल आएका सिएफएल र एलइडी चिम बढीमा ५ बर्षसम्म टिक्ला । किनकी आम बिजुली बल्बहरु बढीमा ५ बर्षभन्दा बढी समयसम्म टिकाउँ हुँदैनन् । तर विश्वमा यस्तो पनि चिम छ जो १ सय १८ वर्षदेखि लगातार बलिरहेको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यको लिभरमोरमा रहेको दमकल केन्द्रमा एक चिम लगातार १ सय १८ बर्षदेखि बलिरहेको छ । यो चिमको अहिलेसम्म फ्युज गएको छैन ।

सेन्टेनियल नामले चिनिने यो अनौठो चिमलाई सेल्भई इलेक्ट्रोनिक्स कम्पनीले निर्माण गरेको थियो । जसलाई सन् १९०१ मा प्रयोगमा ल्याइएको थियो । त्यसयता १ सय १८ बर्षदेखि उक्त चिम आफै निभेको वा फ्युज गएको छैन ।

सन् १९३७ मा तार फेर्नका लागि सेन्टेनियल चिम एक पटक निभाइएको थियो । तर तार फेरिसकेपछि पुनः सो चिम बालियो । त्यस्तै सन् २०१३ मा उक्त चिम बल्न छाड्यो । तर त्यसबेला उक्त चिममा खराबी थिएन बिजुलीको तारमा आएको खराबीले चिम निभेको थियो ।

सेन्टेनियल चिम नामक उक्त चिमले संसारमा सबैभन्दा धेरै टिक्ने बिजुली चिमको रूपमा आफूलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाइसकेको छ ।

उक्त ऐतिहासिक चिमलाई अहिले अमुल्य मानिएको छ । उक्त चिमको सुरक्षाका लागि मात्र सीसीटीभी क्यामरा जडान गरी निगरानी गरिँदै आइएको छ ।

चार वाट क्षमताको उक्त चिम चौबीसै घण्टा बलिरहन्छ । सन् २००१ मा उक्त चिमको एक सयौं जन्मदिन धुमधामसँग मनाइएको थियो । यो चिम अहिले धेरै ब्यक्तिका लागि आकर्षण केन्द्र बनेको छ । यसलाई हेर्न मात्रै अन्य देशका मानिससमेत आउने गर्दछन् ।

तस्बिर सौजन्य : सेन्टेनियल बल्ब  

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १ : १२ बजे

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी

सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग

काठमाडौं– मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेस प्रदेशका समस्या

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि ! 

गण्डकी– पोखरामा सञ्चालित आयुर्वेद अस्पताल-क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध

स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूतको भेट, स्वास्थ्य सहकार्य विस्तारबारे छलफल

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेतासँग नेपालका लागि भारतका राजदूत नवीन

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न