१ सय १८ वर्षदेखि लगातार बलिरहेको ४ वाटको एउटा चिम « Khabarhub

१ सय १८ वर्षदेखि लगातार बलिरहेको ४ वाटको एउटा चिम


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तपाईंले घरको चिम कति समयमा परिवर्तन गर्नुहुन्छ । तपाईंको सहज जवाफ हुनसक्छ, बढीमा एक दुई बर्ष । आजकाल आएका सिएफएल र एलइडी चिम बढीमा ५ बर्षसम्म टिक्ला । किनकी आम बिजुली बल्बहरु बढीमा ५ बर्षभन्दा बढी समयसम्म टिकाउँ हुँदैनन् । तर विश्वमा यस्तो पनि चिम छ जो १ सय १८ वर्षदेखि लगातार बलिरहेको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यको लिभरमोरमा रहेको दमकल केन्द्रमा एक चिम लगातार १ सय १८ बर्षदेखि बलिरहेको छ । यो चिमको अहिलेसम्म फ्युज गएको छैन ।

सेन्टेनियल नामले चिनिने यो अनौठो चिमलाई सेल्भई इलेक्ट्रोनिक्स कम्पनीले निर्माण गरेको थियो । जसलाई सन् १९०१ मा प्रयोगमा ल्याइएको थियो । त्यसयता १ सय १८ बर्षदेखि उक्त चिम आफै निभेको वा फ्युज गएको छैन ।

सन् १९३७ मा तार फेर्नका लागि सेन्टेनियल चिम एक पटक निभाइएको थियो । तर तार फेरिसकेपछि पुनः सो चिम बालियो । त्यस्तै सन् २०१३ मा उक्त चिम बल्न छाड्यो । तर त्यसबेला उक्त चिममा खराबी थिएन बिजुलीको तारमा आएको खराबीले चिम निभेको थियो ।

सेन्टेनियल चिम नामक उक्त चिमले संसारमा सबैभन्दा धेरै टिक्ने बिजुली चिमको रूपमा आफूलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाइसकेको छ ।

उक्त ऐतिहासिक चिमलाई अहिले अमुल्य मानिएको छ । उक्त चिमको सुरक्षाका लागि मात्र सीसीटीभी क्यामरा जडान गरी निगरानी गरिँदै आइएको छ ।

चार वाट क्षमताको उक्त चिम चौबीसै घण्टा बलिरहन्छ । सन् २००१ मा उक्त चिमको एक सयौं जन्मदिन धुमधामसँग मनाइएको थियो । यो चिम अहिले धेरै ब्यक्तिका लागि आकर्षण केन्द्र बनेको छ । यसलाई हेर्न मात्रै अन्य देशका मानिससमेत आउने गर्दछन् ।

तस्बिर सौजन्य : सेन्टेनियल बल्ब  

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १ : १२ बजे

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग

धुम्मियो काठमाडौं, केही स्थानमा पर्‍यो पानी (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको जहाज दुर्घटनामा मृत्यु

मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको

महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’

तानसेन– ‘जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर