काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको खोजी शुरु भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सनले कलाकार खोज्न थालेको हो ।
आइसफसलले ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’ र ‘रेड सुटकेस’ समीक्षात्मक रुपमा मन पराएका फिल्महरु निर्माण गरेको छ ।
कम्पनीका प्रमुख रामकृष्ण पोखरलेका अनुसार आइसफल सन् २०२६ मा फिचर फिल्म र सर्ट फिल्म निर्माणलाई गति दिने योजनामा रहेका कलाकारको खोजी भएको हो ।
जुनसुकै उमेर, जात र लिङ्ग भएका कलाकारले अडिसन दिनसक्ने उनले बताए । शीर्षदेखि सहायक कलाकारको भूमिकामा लागि अडिसन दिन लिइने उनले जनाए ।
उनले थपे, ‘अडिसनबाट आएका प्रतिभासँग समझदारी अनुसार काम गर्ने योजना छ ।’
अडिसनका लागि आफ्नो परिचयात्मक भिडियो [email protected] मा पठाउनुपर्ने पोखरलले जानकारी दिए ।













प्रतिक्रिया