केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू « Khabarhub

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र नेकपा एमालेलाई फागुन २१ गतेको चुनावमा फेस गरेर देखाउन चुनौती दिएका छन् ।

सहकारी ठगी प्रकरणमा करिब ९ महिना लामो जेल जीवन बिताएर धरौटीमा रिहा भएका लामिछानेले सोमबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुग्दै यस्तो बताएका हुन् ।

‘जेन-जी विद्रोहका क्रममा भागेका शक्तिहरू निर्वाचन बिथोल्न लागेका छन् । त्यसी भागेका शक्तिहरू शान्ति, सु-व्यवस्था बिगार्न लागेका छन्’, उनले भने, ‘आफैं घटना गराएर निर्वाचनको वातावरण बिगार्ने कोसिसमा छन् । तपाईंहरूले मुन्टो निकाल्नुपर्दैन रास्वपा निर्वाचनको पक्षमा छ ।’

उनले एघारौँ महाधिवेशनबाट तेस्रो पटक एमालेको अध्यक्ष भएका केपी शर्मा ओलीलाई नभागी निर्वाचनमा सहभागी हुन पनि चुनौती दिएका छन् ।

‘चुनावमा भाग लिएर पार्टीको जस्तै आमचुनावमा पनि जिते भइगयो’, उनले भने, ‘बहादुरीसहित अगाडि बढ्नुस् । बालबालिकाको रगतमाथि खेलाँची गर्न पाइँदैन ।’

उनले आफूहरू उत्साहित भए पनि उत्सव नमनाएको भन्दै बचाउ गरे । बाजागाजा र नाचगानसहित कार्यालयमा हाजिर भएको कुरामा उनले यस्तो बताएका हुन् । ‘हामीले शहीद भाइबहिनीको सपना पूरा गर्न तयार छौँ ’, उनले भने ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : २२ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल