१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम « Khabarhub

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने कार्यताालिका बनाएको नेपाली कांग्रेसले अझै १३ निर्वाचन क्षेत्रमा सदस्यता फाराम पठाउन सकेको छैन । आइतबारको बैठकमा भएको ब्रिफिङअनुसार मधेस र काठमाडौं उपत्यका आसपासका जिल्लाका गरी १३ निर्वाचन क्षेत्रमा सदस्यता फाराम पुग्न बाँकी रहेको हो ।

सुरुमा पठाएका नयाँ क्रियाशील सदस्यता फाराममा क्रम संख्या नभएपछि वितरण रोकिएको थियो । सदस्यता वितरण रोकिएपछि पुस २ मा केन्द्रीय सदस्यता व्यवस्थापन समितिको बैठकले क्रमसंख्यासहितका फाराम पठाउने निर्णय गरेको थियो । त्यस्तो निर्णयपछि २४ घण्टाभित्र निर्वाचन क्षेत्रमा फाराम पुर्‍याउनेगरी काम गर्न महामन्त्री गगन थापाले निर्देशन दिएका थिए ।

‘केन्द्रमा क्रमसंख्या आउने पनि होइन । त्यसछिको रेकर्ड रहने पनि होइन । अनलाइन फाराम भराउने युगमा नबुझ्नेहरूले विरोध गर्दा निर्णय पुनरवलोकन गर्नुपर्‍यो,’ पुस २ गतेको बैठकपछि समितिका सदस्य प्रकाश रसाइलीले भनेका थिए, ‘अबको २४ घण्टामा क्रियाशील सदस्यता निर्वाचन क्षेत्रमा पुर्‍याउँछौँ । व्यावहारिक रूपमा कार्यतालिकाभित्रै हुनेगरी प्रक्रिया अघि बढ्छ ।’

उनले त्यस्तो प्रतिबद्धता जनाएको चार दिन बित्दा अझै १३ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता पठाउनै बाँकी रहेको हो । मधेस प्रदेशका कतिपय निर्वाचन क्षेत्रले सदस्यता फाराम लिन प्रतिनिधि नपठाएको सचिवालयको भनाइ छ । सदस्यता व्यवस्थापन समितिकी सदस्य सीता गुरुङ भोलिसम्म सबै निर्वाचन क्षेत्रले सदस्यता फाराम लगिसक्ने विश्वास लिएको बताउँछिन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १० : २६ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध