बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा « Khabarhub

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वातावरण विभागको संयुक्त टोलीले आज थानकोटमा गरेको जाँचका क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारीसाधनका चालकलाई काराबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ६० सवारीसाधन जाँच गर्दा मापदण्डभन्दा बढी धुँवा फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरिएको राससलाई जानकारी दिए ।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्न जाने भएकाले सवारीसाधनको अवस्था जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले सम्पूर्ण चालकलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १० : ५१ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल