काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ। आइतबारको खेलमा भिल्लारियलविरुद्ध २–० को जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनाले अग्रता बढाएको हो।
खेलको १२ औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत् गरेको गोलसँगै खेलमा अग्रता लिएको बार्सिलोनाले थप गोल दोस्रो हाफमा गरेको हो। पहिलो हाफको ३९ औं मनेटमा भिल्लारियलका रेनाटो भेइगाले रातोकार्ड पाएपछि टिम १० खेलाडीमा सीमित भएको थियो।
खेलको दोस्रो हाफको ६३ औं मिनेटमा बार्सिलोनाका लागि युवा स्टार लामिन यामलले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्। त्यसपछि भिल्ला रियल खेलमा फर्किन नसक्दा बार्सिलोनाले २-० को जित निकालेको हो। यो जितसँगै बार्सिलोनाले ४६ अंक जोडेको छ।













प्रतिक्रिया