कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा « Khabarhub

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्न कांग्रेस लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ४ का मतदाता र कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

‘अब नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्छु भनेर कांग्रेस लाग्नुपर्छ’, थापाले सम्बोधन गर्दै भने । उनले अहिलेसम्म भएका गल्तीप्रति सबैले क्षमा माग्नुपर्ने बताए ।

महामन्त्री थापाले आफू १५ औं महाधिवेशनको पार्टी सभापतिको उम्मेदवार भएकाले सबैले सहयोग गर्ने अपेक्षासमेत गरेको बताए ।

उनले पार्टी महाधिवेशन पार्टी नेतृत्व मात्र नभएर नयाँ पार्टी बनाउने कामसमेत भएको बताए । ‘म १५ औं महाधिवेशनको पार्टी सभापतिको उम्मेदवार हुँ । महाधिवेशन आन्तरिक कुरा मात्र होइन । अधिवेशन नेतृत्व नयाँ बनाउने कुरा मात्र होइन पार्टी नयाँ बनाउने काम पनि हो’, थापाले भने ।

अधिवेशन नगरेसम्म फागुन २१ को चुनावमा कांग्रेस पार्टी नजाने भएकाले नियमित महाधिवेशन नभए विशेष महाधिवेशनबाट समस्या समाधान हुने उनले प्रष्ट पारे । महामन्त्री थापाले यो महाधिवेशनमा दोस्रो चरणमा प्रवेश नगरी पहिलो चरणमै टुंग्याउने गरी सहयोग गर्नसमेत अपिल गरेका छन् ।

आफू पार्टी सभापतिको उम्मेदवार भएकाले आफ्नो क्षेत्र तागत बन्नुपर्नेमा उनले जोड दिएका छन् । काठमाडौं ४ बाट नै आफू केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्म बन्दा यो क्षेत्र तागत बनेकाले अहिले यो क्षेत्रको सहयोग महत्त्वपूर्ण भएको प्रष्ट पारे ।

महामन्त्री थापाले संविधानलाई ट्याकमा ल्याउन फागुन २१ गते चुनाव आवश्यक भएकोमा जोड दिए । उनले चुनाव नभए मुलुक ठुलो अनिश्चिततामा जाने भन्दै सबैलाई चुनावमा लाग्नसमेत जोड दिए ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ९ : ३४ बजे

जेन-जीलाई तितरबितर पार्दै प्रहरी, फेरि पक्राउ परे निकोलस र मिराज (तस्बिरहरू)

काठमाडौं– जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म

भारतीय प्रधानमन्त्री मोदीको जीवन कथामा आधारित ‘माँ वन्दे’ छायाङ्कनमा : मुख्य भूमिकामा उन्नी मुकुन्दन

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन कथामा आधारित चलचित्र ‘माँ

जङ्गल छेउका घरबारविहीन परिवारको सङ्घर्ष

घोडाघोडी– कैलालीको चुरे गाउँपालिका–४ बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका