‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू)  « Khabarhub

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले उनलाई नियाल्ने गर्दछन् । उमेरले ८० काटेको, हातमा ताखु लिएर धागो कात्दै गरेका उनी कालीकोटका स्थानीय बल बहादुर शाही हुन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा प्रयोग गरिने ‘ताखु’ भेडाको ऊनबाट धागो कात्नको लागि प्रयोग गरिने घरेलु उपकरण हो । सो क्षेत्रको यात्रा गर्दा गाउँघरमा सजिलै देखिने यस्ता ताखु काठमाडौंका अहिलेको पुस्ताका लागि भने नौलो नै छ ।

काठमाडौं उपत्यका लगायत अन्य क्षेत्रमा चर्खाको प्रयोग गरी महिलाले धागो कात्ने र बुन्ने काम गर्ने भए पनि कर्णाली क्षेत्रमा प्रायः पुरुषले गर्ने गरेको देखिन्छ ।

बल बहादुरले हनुमानढोका दरबार क्षेत्रमा धागो काट्दै गरेका, कतिपय नेपाली र विदेशीका लागि भने  नौलो काम लागिरहेको थियो ।

कालिकोटबाट काठमाडौं आएर यहीँ बसोबास गर्ने उनले आफ्नो जन्म थलो छाडे पनि कर्म छाडेका छैनन् । धागो कातेर घरमै राडीपाखी र बख्खु बुन्ने गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : ४२ बजे

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण