‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू)  « Khabarhub

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले उनलाई नियाल्ने गर्दछन् । उमेरले ८० काटेको, हातमा ताखु लिएर धागो कात्दै गरेका उनी कालीकोटका स्थानीय बल बहादुर शाही हुन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा प्रयोग गरिने ‘ताखु’ भेडाको ऊनबाट धागो कात्नको लागि प्रयोग गरिने घरेलु उपकरण हो । सो क्षेत्रको यात्रा गर्दा गाउँघरमा सजिलै देखिने यस्ता ताखु काठमाडौंका अहिलेको पुस्ताका लागि भने नौलो नै छ ।

काठमाडौं उपत्यका लगायत अन्य क्षेत्रमा चर्खाको प्रयोग गरी महिलाले धागो कात्ने र बुन्ने काम गर्ने भए पनि कर्णाली क्षेत्रमा प्रायः पुरुषले गर्ने गरेको देखिन्छ ।

बल बहादुरले हनुमानढोका दरबार क्षेत्रमा धागो काट्दै गरेका, कतिपय नेपाली र विदेशीका लागि भने  नौलो काम लागिरहेको थियो ।

कालिकोटबाट काठमाडौं आएर यहीँ बसोबास गर्ने उनले आफ्नो जन्म थलो छाडे पनि कर्म छाडेका छैनन् । धागो कातेर घरमै राडीपाखी र बख्खु बुन्ने गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : ४२ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ