फागुन २१ को निर्वाचन सार्न नमिल्ने नेकपाको अडान, वर्षमानले भने : खेल सुरू भएपछि नियम फेर्न मिल्दैन « Khabarhub

फागुन २१ को निर्वाचन सार्न नमिल्ने नेकपाको अडान, वर्षमानले भने : खेल सुरू भएपछि नियम फेर्न मिल्दैन


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा नेता वर्षमान पुनले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सार्न नमिल्ने स्पष्ट धारणा राखेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको निर्वाचन कानुन र व्यवस्थापनसम्बन्धी सर्वपक्षीय छलफलमा बोल्दै पुनले निर्वाचनमा जान आफूहरू तयार रहेको बताएका हुन्।

सोमबार सिंहदरबारमा भएको छलफलमा पूर्वमन्त्रीसमेत रहेका पुनले पछिल्ला तीन महिनामा धेरै प्रगति भएको उल्लेख गर्दै भने, ‘हामी चुनावमा जान र हार्न पनि तयार छौँ ।’

उनले पार्टीलाई नयाँ ढंगले अपडेट गर्न पनि तयार रहेको बताए। पुनले छ महिनाभित्र अर्को संसद् नआए त्यसको विकल्प सडकबाट आउन सक्ने चेतावनीसमेत दिए। ‘सबैले चुनावबाटै निकास खोजौँ भन्ने कुरा ठीक छ’, उनले भने।

निर्वाचन घोषणा भइसकेपछि नियम परिवर्तन गर्न नहुनेमा जोड दिँदै पुनले खेल सुरु भइसकेपछि नियम बदले द्वन्द्व उत्पन्न हुन सक्ने बताए।

‘चुनावको म्याण्डेट पूरा गर्न जे–जे चाहिन्छ, त्यसमा हामी सहयोग गर्न तयार छौँ। तर विश्वव्यापी मान्यता र हाम्रो व्यवहारिक अनुभवले पनि खेल सुरु भएपछि नियम बदल्नु हुँदैन भन्ने देखाउँछ’, उनको भनाइ थियो।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिनुपर्ने माग जायज भए पनि निर्वाचन आयोगले के गर्न सक्छ र के सक्दैन भन्ने विषय स्पष्ट पार्नुपर्ने उनले बताए। सबै देशमा सम्भव नभए एक–दुई देशमा पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न सकिने उनको सुझाव थियो।

पुनले सरकारले फागुन २१ गतेको निर्वाचन धकेल्ने कुनै कारण नभएको भन्दै समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : ४७ बजे

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस