अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा « Khabarhub

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजकले आज धरानमा पत्रकार सम्मेलनमार्फत यही पुस ९ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको सातौँ संस्करण सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

डिआइजिपी कप २०५८ सालदेखि सञ्चालन हुँदै आएको भए पनि छैटौँ संस्करणपछि रोकिएको थियो । सो प्रतियोगिता यस वर्ष पुन आयोजना गरिएको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेशकुमार हायूले बताए ।

उनले भने, ‘मित्रताको लागि निष्पक्ष खेल, भन्ने नारासहित विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगितालाई पुनः सञ्चालन गर्न लागिएको हो ।’
 
यस वर्ष प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय टोली सहभागी हुनेछन् । प्रतियोगिताको सम्पूर्ण खेल नेपाल प्रहरी विद्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहभित्रका, कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडी मात्र भाग लिन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले रु ८१ हजार पाँच, उपविजेताले रु ४१ हजार पाँच नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा कोचलाई जनही रु दुई हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

प्रत्येक खेलको म्यान अफ द म्याचले रु एक हजार पाँच, मेडल र प्रमाणपत्र पाउने छन् भने, विजेता खेलाडीलाई कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्तिसमेत उपलब्ध गराइने संयोजक हायुले जानकारी दिए । 
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ५८ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित