राष्ट्रपति साक्षी बसेर प्रधानमन्त्री र तीन शीर्ष नेताबीच पहिलो पटक प्रत्यक्ष संवाद हुँदै « Khabarhub

राष्ट्रपति साक्षी बसेर प्रधानमन्त्री र तीन शीर्ष नेताबीच पहिलो पटक प्रत्यक्ष संवाद हुँदै


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच पहिलो पटक भेटवार्ता हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो ।

देशमा राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष संवाद हुन लागेको हो ।

जेन-जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व गरेयता कार्कीले यी शीर्ष नेतासँग संवाद गर्न अनिच्छा देखाउँदै आएकी थिइन् ।

उनले नवयुवाहरूको चहानाअनुसार यी तिनै नेताले राजनीतिबाट बिदा लिइदिए हुने पनि बताएकी थिइन् । तर उनको चहानाअनुसार तीनै नेता बिदा हुन चाहेनन् ।

ओली एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकाल अध्यक्ष बनेका छन् । उता प्रचण्डले माओवाद छाडेर नेकपा गठन गरी संयोजक बनेका छन् । देउवा भने आगामी निर्वाचनमा फेरि उठ्ने तयारीमा लागिसकेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  २ : ५८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स