राष्ट्रपति साक्षी बसेर प्रधानमन्त्री र तीन शीर्ष नेताबीच पहिलो पटक प्रत्यक्ष संवाद हुँदै « Khabarhub

राष्ट्रपति साक्षी बसेर प्रधानमन्त्री र तीन शीर्ष नेताबीच पहिलो पटक प्रत्यक्ष संवाद हुँदै


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच पहिलो पटक भेटवार्ता हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो ।

देशमा राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष संवाद हुन लागेको हो ।

जेन-जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व गरेयता कार्कीले यी शीर्ष नेतासँग संवाद गर्न अनिच्छा देखाउँदै आएकी थिइन् ।

उनले नवयुवाहरूको चहानाअनुसार यी तिनै नेताले राजनीतिबाट बिदा लिइदिए हुने पनि बताएकी थिइन् । तर उनको चहानाअनुसार तीनै नेता बिदा हुन चाहेनन् ।

ओली एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकाल अध्यक्ष बनेका छन् । उता प्रचण्डले माओवाद छाडेर नेकपा गठन गरी संयोजक बनेका छन् । देउवा भने आगामी निर्वाचनमा फेरि उठ्ने तयारीमा लागिसकेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  २ : ५८ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत