काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग गरे पनि यसको अल्गोरिदम पहिलोपटक इन्डोनेसियाले फैलायो । ‘नेपो बेबी किड’ विरुद्ध गरिएको आन्दोलन इन्डोनेसियामा सफल भएपछि अन्य देशका जेन–जी उमेर समूहले आ–आफ्नो देशको बेथितिविरुद्ध आन्दोलन चर्काए ।
त्यसैको सिको गर्दै गत वर्ष बंगलादेशका युवाहरु शेख हसिनाको सरकारविरूद्ध आन्दोलनमा उत्रिए । हसिनामाथि शक्तिको दुरूपयोग गरेको आरोप थियो । ७६ वर्षीय उनले चार पटक लगातार चुनाव जितेकी थिइन् ।
सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततिहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थी आन्दोलित भएका थिए ।
भूतपूर्व सेनाका सन्तानलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन नै सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । हसिनाको राजीनामा माग्दै प्रदर्शनकारी ढाकास्थित प्रधानमन्त्री निवासमासमेत प्रवेश गरेपछि उनी गणभवनबाट हेलिकप्टरबाट भागेर भारतमा शरण लिएकी थिइन् । एक महिनाको प्रदर्शनले हसिनाको १५ वर्षे सत्ता ढल्न पुग्यो ।

हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू हसिनाले विद्यार्थी नभई आतंककारी रहेको अभिव्यक्ति दिएकी थिइन् । भारतमा निर्वासनमा बसेकी उनलाई बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । १४ सय जनाको ज्यान गएको र २५ हजार बढी घाइते भएको आरोप उनीमाथि थियो ।
बंगलादेशको जस्तै नेपालमा पनि भदौ २३ गते जे–जीले आन्दोलनको घोषणा गरे । सुशासनको माग राख्दै जेन-जी आन्दोलन भयो । नेपालको जेन–जी आन्दोलन सरकार र कुनै नेताविरुद्ध नभएको जिकिर गरिएको थियो । तर आन्दोलन हाइज्याक हुन पुग्यो । युवाको भिड संसद् भवनमाथि आक्रमणमा उत्रिएपछि प्रहरीले गोली चलायो । फलस्वरुप भदौ २३ गते २१ जना विद्यार्थीको ज्यान गयो । अन्ततः सरकार ढल्यो ।
बंगलादेश र नेपालको आन्दोलन दुरुस्त छ । मानौ दुवै देशको आन्दोलनको नेतृत्व एकै व्यक्ति वा संगठनले गरिरहेको जस्तो देखिन्छ । दुवै देशले जनताको निराशापनलाई केन्द्रमा राखेर अभियानलाई अगाडि बढाएका छन् । सामाजिक सञ्जालमार्फत द्रुतगतिमा उक्त ट्रेण्ड फैलाइएको छ । यस ट्रेण्डले सबैभन्दा पहिले युवाको ध्यानाकर्षण गर्छ ।
जसले युवालाई स्वस्फूर्त रुपमा सडक आन्दोलनका लागि तयार रहन पुग्छन् । यस्ताखालका ट्रेण्डले सडकमा जे पनि हुनसक्छ भन्ने कुराको तयारी भने गराएको छैन । सडकमा उग्र आन्दोलन नियन्त्रणको लागि सरकार तथा प्रशासनले शक्ति प्रयोग गर्न सक्छ । भइपरी आउने अवस्थाको तयारी हुँदैन ।
जसको कारण मुडभेडमा युवाहरुले ज्यानै गुमाउनुपर्छ । आन्दोलन झनै विध्वंशतिर पुग्छ । सरकार ढल्छ र अर्को नयाँ सरकार बन्छ । युवामा हामीले सरकारै ढाल्न सक्ने रहेछौ भन्ने हुन्छ । पुरानो र नयाँबीचमा अर्को शक्ति प्रदर्शन सुरु हुन्छ । देश पुनः अर्को अस्थिरतातिर लाग्छ ।
फेब्रुअरी २०२६ को चुनावको तयारी भइरहेका बेला बंगलादेशमा पुनः हिंसात्मक प्रदर्शन र अल्पसंख्यक विशेष गरी हिन्दू समुदायमाथि आक्रमणका खबरहरू बढिरहेका छन् ।
बंगलादेशका विद्यार्थी नेता ‘सरिफ उस्मान हादी’ को मृत्युपछि राजधानी ढाकामा हिंसा भड्किएको छ । उनलाई ढाकाको एक मस्जिदबाट निस्कने क्रममा गोली हानिएको थियो ।

टाउकोमा गोली लागेका उनको मृत्यु भएको थियो । नमाज पढेर निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएपछि विद्यार्थी र समर्थकहरूबीच आक्रोश बढेको छ ।
उनीहरूले यो घटनालाई अघिल्लो सरकारका बाँकी रहेका ‘एजेन्ट’हरूको षडयन्त्रका रुपमा लिएका छन् । बंगलादेशमा गत अगस्तमा भएको सत्ता परिवर्तनपछि परिस्थिति अझै पूर्णरूपमा शान्त हुन सकेको छैन ।
हादीको निधनको खबर सार्वजनिक भएपछि ढाकाका मुख्य स्थानहरूमा विरोध प्रदर्शन, तोडफोड र आगजनीका घटनाहरू भएका छन् । आक्रोशित भीडले ढाकाका विभिन्न स्थानमा आक्रमण गरे । प्रदर्शनकारीको निशानामा बंगलादेशका दुई प्रमुख पत्रपत्रिकाका कार्यालय पनि परेका छन् । बंगलादेशका अन्तरिम सरकारका मुख्य सल्लाहकार मुहम्मद युनुसले बिहीबार अबेर राति राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई धैर्य राख्न अपिल गरेका छन् ।
युनुसले दैनिक पत्रिका ‘प्रथम आलो’ र ‘द डेली स्टार’ कार्यालयमा भएको आक्रमणका सम्बन्धमा दुवै पत्रिकाका सम्पादकसँग टेलिफोनमा कुराकानी गरेका छन् । साथै, उनले सञ्चार संस्थामाथि भएको आक्रमण स्वतन्त्र मिडियामाथिको आक्रमण रहेको बताए । यो घटनाले देशको लोकतान्त्रिक प्रगति र स्वतन्त्र पत्रकारिताको बाटोमा ठूलो बाधा खडा गरेको उनको भनाइ थियो ।
गत वर्षको विद्यार्थी आन्दोलनसँग जोडिएका युवा नेता शरीफ उस्मान हादीको हत्यापछि देशभर फैलिएको हिंसाले आमनिर्वाचनको संघारमा रहेको बंगलादेशको राजनीतिक अवस्था कति नाजुक छ भन्ने देखाएको छ । गोली टाउकोमा लागेपछि उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई डिसेम्बर १५ मा उपचारका लागि सिंगापुर लगिएको थियो । जहाँ बिहीबार उनको मृत्यु भयो ।
को हुन् हादी ?
गत वर्ष अगस्टमा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्ये एक हुन् –हादी । सन् १९९३ बंगलादेशको झालोकाठी जिल्लाको नालछिटीमा जन्मिएका उनी उच्च शिक्षाका लागि राजधानी ढाका पुगेका थिए । ढाका विश्वविद्यालयमा अध्ययनकै क्रममा विद्यार्थी राजनीति र सामाजिक आन्दोलनतर्फ लागेका थिए । उनकी पत्नी र एक सन्तान छन् ।
बेरोजगारी, भ्रष्टाचार र सरकारी संस्थामा सरकारको हालिमुहालीविरूद्ध उनको आवाज चर्किदै गएको थियो । विद्यार्थी आन्दोलन हुँदै २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनले राष्ट्रिय राजनीतिमासमेत लोकप्रियता बढायो । उनी शेख हसिनाविरोधी इंकलाब मञ्चका सदस्य थिए ।

यही आन्दोलनले लामो समयदेखि सत्तामा रहेकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारविरोधी असन्तोषलाई सार्वजनिक विस्फोट गराएको थियो । त्यही आन्दोलनको बलमा उदाएका हादी पछिल्लो समय औपचारिक राजनीतिमा प्रवेश गर्ने तयारीमा थिए । उनले सन् २०२६ फेब्रुअरीमा हुने भनिएको संसदीय निर्वाचनमा ढाका–८ निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।
गोली आक्रमण हुँदा उनी ढाका–८ सिटबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरिरहेका थिए । हादीलाई अन्तिम विदाइ गर्न राजधानी ढाकामा शनिबार मानव सागर उर्लिएको थियो । हादीको हत्याले बंगलादेशमा राजनीतिक हिंसा, अभिव्यक्ति स्वतन्त्रता र आगामी निर्वाचनतर्फ देश कुन दिशामा जान्छ भन्ने प्रश्नलाई थप गहिरो बनाएको छ ।
नेपालमा फेरि उस्तै जेन–जीका विगतका माग पूरा नगरेको भन्दै केही समूहले सरकार संग असन्तुष्ट भएर आन्दोलन सुरु गरेका छन् । अन्तरिम सरकारले आफूहरुको आन्दोलनको भावना नबुझेको आरोप लगाउदै यही अवस्थामा चुनावमा जान नहुने अड्डी कसेर बसेका छन् ।
फागुन २१ मा चुनाव गर्ने तयारीमा जुटेको सरकारलाई ‘गरिखान देउ’ का संयोजक मिराज ढुङगानाको समूहले सोमबार माइतीघरमा प्रदर्शन गरेर चुनाव हुन नदिने चेतावनी दिएको छ । प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।
निर्वाचनको तयारीमा रहेका हादीको मृत्युपछि बङगलादेशमा पुनः हडताल सुरु भएको छ । अन्तरिम सरकारमाथि नै युवाहरुले प्रश्न गरिरहेका छन् । आफूहरुले बनाएकै सरकारको आलोचना गरिरहेका छन् ।
साथै, उनीहरु वर्तमान संविधान खारेज हुनुपर्ने अडानमा छन् । राजनीतिक किचलो नहुन र देश छिटो समृद्धिका देशमा प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । मागहरु फरक–फरक हुन पुगेर प्रदर्शनस्थलमै जेन–जीबीचमै लडाइँ समेत भएको थियो ।
निर्वाचनको तयारीमा रहेका हादीको मृत्युपछि बङगलादेशमा पुनः हडताल सुरु भएको छ । अन्तरिम सरकारमाथि नै युवाहरुले प्रश्न गरिरहेका छन् । आफूहरुले बनाएकै सरकारको आलोचना गरिरहेका छन् । हजारौं युवाहरुको बलिदानले बनेको सरकारले युवाहरुको मनोभावना विपरीत काम गरेको आरोप लाग्दै गएको छ । नेताको घर तथा हिन्दुधर्मालम्बीमाथि आक्रमण सुरु भएको छ ।
उस्तै नेपालमा पनि जेन–जी अभियानकर्ता आफूले बनाएको सुशीला कार्कीको सरकार पनि पुरानै सरकारको बाटोमा हिँडेको आरोप लगाएका छन् । उनीविरुद्धै सडकमा पुनः प्रदर्शनमा उत्रिएका छन् । सबे घटनाक्रमलाई नियाल्दै जाँदा नेपालमा पनि जेन–जी आन्दोलन बङ्गलादेशमा जस्तै थप अराजकतातिर जाने त होइन ?













प्रतिक्रिया