‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई « Khabarhub

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ ।

सतिसाले स्पोर्टिङ क्लब केराबारी–६ मोरङको आयोजनामा मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद दुई लाख दुई हजार २२२ रुपैयाँ र उपविजेता बेतना युनाइटेडले एक लाख एक हजार १११ रुपैयाँ पुरस्कार पाएका छन् ।

इन्ट्रा पथरी–११ ले पहिलो हाफमा पाएको पेनाल्टी सुटमा गोल गर्न नस्कदा उपाधिका लागि टाइब्रेकर पर्खनुपरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो ।

टाइब्रेकरमा इन्ट्रा पथरी–११ का मन्जिल खड्का, सञ्जय लिम्बू, नीरज परियार, सौर्य राउतले गोल गर्दा बेतना युनाइटेडका विवेक पौडेल र रुद्र कार्कीले गोल गरे । बेतनाका आशिष लावती र निमा तामाङको प्रहार भने गोलपोष्टमा लागेर फर्किएको थियो ।

खेलको म्यान अफ दी म्याच बेतनाका विवेक पौडेल घोषित भए । प्रतियोगितामा बेतनाका मुस्कान लिम्बू उत्कृष्ट गोलरक्षक, मौसम सुब्बा उत्कृष्ट मिडफिल्डर र निमा तामाङ उत्कृष्ट फर्वड घोषित हुँदा इन्ट्रा पथरीका धिरेन क्षेत्री उत्कृष्ट डिफ्रेन्स, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक, मिक्चेन दास र सञ्जय लिम्बू हाइस्कोर र गोलरक्षक समिर क्षेत्री सर्वोकृष्ट खेलाडी घोषित भए ।

विजेता तथा उपविजेता टिमलाई एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी, केराबारी गाउँपलिका अध्यक्ष सुमन मिरिङचिङ मगर, वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगरले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : ३४ बजे

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक