सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेछ कारोबार ? « Khabarhub

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेछ कारोबार ?


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले बुधबार पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबारको तुलनामा बुधबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।

महासंघका अनुसार बुधबार सुन तोलामा नौ सय रुपैयाँले बढेर २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आज चाँदीमा प्रतितोला १६५ रुपैयाँ बढेको छ । 

महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यसअघि मङ्गलबार प्रतितोला ४ हजार २५५ रुपैयाँमा कायम थियो । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ११ : १२ बजे

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले