भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम « Khabarhub

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कोषाध्यक्ष छिन् ।

२१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवारका लागि पार्टीको आन्तरिक प्रतिस्पर्धामा रहेकी लीमाले चुनावी एजेण्डा सार्वजनिक गरेकी छन् ।

चीनको वुहान ह्वाचोङ विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरे्की अधिकारीले रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि नेपाल महिला चेम्बरको वरिष्ठ उपाध्यक्षका रूपमा व्यावसायिक पहिचान बनाएकी छन् ।

रास्वपाको खस–आर्य समूहबाट समानुपातिक उम्मेदवारकी आकांक्षी उनले आफ्ना मुख्य एजेण्डा र योजना सार्वजनिक गरेकी छन् ।

सामाजिक न्याय, युवा स्वरोजगार र महिला सशक्तीकरणका एजेण्डालाई लीमाले आफ्नो प्रतिबद्धतापत्रमा प्राथमिकतामा राखेकी छन् ।

‘वैकल्पिक राजनीतिमार्फत जनप्रतिनिधित्व, जनताका समस्या र आवश्यकतालाई सदनसम्म पुर्याउने र समाजका आवाजविहीन वर्गको आवाज बुलन्द गर्ने मेरने पहिलो ध्येय हनेछ’, उनले भनिन्, ‘समावेशी समाज निर्माणस् एक न्यायपूर्ण र समावेशी समाज निर्माणका लागि नीतिगत तहमा रहेर प्रभावकारी भूमिका खेल्ने प्रतिबद्ध मेरो छ ।’

लोककल्याणकारी राज्य निर्माण तथा राज्यलाई नागरिकको हितमा केन्द्रित गराउन र लोककल्याणकारी अवधारणा कार्यान्वयन गर्न सक्रिय भूमिका खेल्ने पनि उनको प्रतिबद्धता छ ।

अधिकारीले ‘युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ ठाउँमा नाम’, भन्ने मूल नारासहति युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने विषयलाई पनि एजेण्डामा समावेश गरेकी छन् ।

यस्तै सामाजिक र आर्थिक उत्थानमार्फत महिला सशक्तीकरण विशेष अभियान सञ्चालन गर्ने उनको लक्ष्यछ ।

रास्वपाले आफ्ना ठूलोबुबा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र बुबा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको सामाजिक उत्तरदायित्वसहितको राजनीतिक एजेण्डा अघि सारेको भन्दै उनले पार्टीमार्फत बाँकी कार्यभार पुरा गर्न चाहेको बताइन् ।

०५१ सालको मध्यावधि निर्वाचनपछि मनमोहन नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । सोही सरकारमा अर्थमन्त्री थिए भरतमोहन ।

९ महिने अल्पतको सरकारले ‘आफ्नो गाउँ आफैं बनाऔं’, भन्ने नाराअन्तर्गत पहिलोपटक स्थानीय तहमा विकासका लागि अनुदान रकम पठाउन सुरु गरेको थियो ।

यस्तै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धभत्ता र एकल महिलाका लागि भत्ताको सुरुआत पनि त्यतिबेलै गरिएको थियो । सोही कारण मनमोहन र भरतमोहन ज्येष्ठ नागरिकका बीचमा अहिले पनि लोकप्रिय छन् । ‘म कुनै व्यक्तिगत आकांक्षा र शासकीय महत्वकांक्षाले राजनीतिमा आएको होइन ।

राज्य लोककल्याणकारी हुनुपर्छ र राज्यको श्रोत सबै नागरिकबीच समान रुपमा वितरण गरिनुपर्छ भन्ने मान्यता बोकेको मात्र होइन, व्यवहारतः कार्यान्वयन गर्नमा योगदान गरेको परिवारको पछिल्लो पुस्ताबाट केही योगदान गरौं भन्ने उद्धेश्यले यो बाटो रोजेकी हुँ’, लीमा भन्छिन् ।

कुनै समय एमाले राजनीतिको केन्द्र रहेको र सरकारका हुँदा लोकप्रिय काम गरेका मनमोहन र भरतमोहनको परिवारकी सदस्य लीमालाई त्यहीँ रहेर राजनीति गर्ने विकल्प खुलै हुँदा पनि वैकल्पिक झण्डा उठाएको बताउँछिन् ।

‘एमाले निर्माणमा धेरै लगानी गरेको र सरकारमा बसेर लोकप्रिय काम गरेका नेताहरुको परिवारको सदस्य हुनुको नाताले मलाई उतैबाट अवसर लिन कुनै कठिनाई थिएन । धेरै एमालेजनले बिरासतको राजनीतिक बाटो रोज्न नसुझाउनुभएको पनि होइन’, अधिकारी भन्छिन्, ‘तर,मनमोहन र भरतमोहनको समयको जस्तो जनतालाई र मुलुकलाई केन्द्रमा राखेर काम गर्ने एमाले नरहेको निस्कर्षसहित वैकल्पिक राजनीतिमा लागेकी हुँ ।’

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : २३ बजे

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश