विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु « Khabarhub

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ चिकित्सकसहितको टोलीले भक्तपुरमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविर सुरु गरेको छ ।

आजदेखि सुरु भएको शिविर यही पुस ११ गतेसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको मुटुरोगको प्रारम्भिक परीक्षण सुरु गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण हुने जनाइएको छ । नगरपालिकाले च्यामासिंहस्थित बागीश्वरी कलेज, न्यातापोल सेकेण्डरी स्कुल, बागेश्वरी माध्यमिक विद्यालय र खोप्रिङ इङ्लिस एकेडेमीमा विद्यार्थीहरूको मुटु परीक्षण भइरहेको उनले बताए ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : २९ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,