सन् २०३० सम्म भारतमा हरित हाइड्रोजनको माग दोब्बर हुने « Khabarhub

सन् २०३० सम्म भारतमा हरित हाइड्रोजनको माग दोब्बर हुने


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०३० सम्म भारतमा हरित हाइड्रोजनको माग दोब्बरले वृद्धि हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ । नुभामा इन्स्टिच्युसनल इक्विटिजले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०३० सम्म भारतमा हरित हाइड्रोजनको माग दोब्बरले वृद्धि भइ १ करोड २० लाख टन प्रतिवर्ष पुग्नेछ ।

उक्त नुभामाले काउन्सिल अन इनर्जी, इन्भारोन्मेन्ट एण्ड वाटर नामक संस्थाको तथ्यांकका आधारमा यस्तो प्रतिवेदन जारी गरेको भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । समाचारमा जनाइएअनुसार सन् २०३० मा हुने कुल हरित हाइड्रोजन मागको ५१ प्रतिशत मलखाद क्षेत्रले ओगट्नेछ ।

त्यसबाहेक ३८ प्रतिशत प्रशोधन र ११ प्रतिशत पेट्रोकेमिकल्सले ओगट्नेछ । त्यसैगरी, स्टिल, लामो दूरीको पारवहन, जलपरिवहन र ऊर्जा उत्पादन जस्ता क्षेत्रले पनि हरित हाइड्रोजनको माग बढाउने अपेक्षा गरिएको छ ।

हरित हाइड्रोजनको मूल्यमा गिरावट आउने भएकाले यसको माग बढ्ने जनाइएको छ । हाल भारतमा हरित हाइड्रोजनको लागत ३.५ देखि ४ डलर प्रतिकेजीसम्म पर्छ ।

सन् २०३० सम्म यसको लागत १.६ डलर प्रतिकेजीसम्म लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  २ : २७ बजे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी