हङकङका सञ्चार उद्यमी एवम् लोकतन्त्रवादी अभियन्ता जिम्मी लाई दोषी ठहर « Khabarhub

हङकङका सञ्चार उद्यमी एवम् लोकतन्त्रवादी अभियन्ता जिम्मी लाई दोषी ठहर


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङकङका सञ्चार उद्यमी एवम् लोकतन्त्रवादी अभियन्ता जिम्मी लाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा दोषी ठहर भएका छन् । उनलाई चिनियाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत दोषी ठहर गरिएको हो ।

७८ वर्षीय बेलायती नागरिक जिम्मी सन् २०२० को डिसेम्बर महिनादेखि जेलमा छन् । यस अभियोगमा उनलाई आजीवन कारावास हुनसक्छ ।

उनलाई सजाय भने अर्को वर्ष सुनाइने अपेक्षा गरिएको छ । जिम्मीले हाल सञ्चालनमा नरहेको एप्पल दैनिक अखबारको प्रयोग गरी विदेशी शक्तिसँग साँठगाँठ गरेको अदालतको ठहर छ ।

बीबीसीका अनुसार उनले चीन र हङकङमाथि प्रतिबन्ध लगाउनका लागि विदेशी सरकारसँग अभियान सञ्चालन गरेको ठहर गरिएको छ । हङकङका प्रमुख कार्यकारी जोन लीले अदालतको आदेशको स्वागत गर्दै जिम्मीका गतिविधिले हङकङका नागरिकको कल्याण र राष्ट्रिय हितमा हानि पुर्‍याएको टिप्पणी गरेका छन् ।

जिम्मीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । अधिकारवादी संस्थाहरुले भने यसलाई न्यायिक नाटकको संज्ञा दिएका छन् ।

विशेषगरी चीनले लागू गरेको राष्ट्रिय सुरक्षा कानुन नै विवादमा मुछिने गरेको छ । आफ्नो आलोचना दबाउनका लागि चीनले यो कानुन लागू गरेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : ४७ बजे

पोखराबाट काठमाडौं आइरहेको बस मध्यराति त्रिशूलीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं– पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बस मध्यराति (सोमबार बिहान

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र