विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन « Khabarhub

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा हुने निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

बिहीबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् ।

‘हिजो झापामा थिएँ, उम्मेदवारमा दाबी गर्न आउनुस् भनेर साथीहरूलाई क्षेत्रीय समितिको बैठकमै भनिसकेँ’, शर्माले भने, ‘एक वर्षअघि नै मैले लड्दिनँ भनेको हो । २०८१ पुस २१ गते धुलाबारीमा आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू मिहिनेत गर्नुस्, म उम्मेदवार बन्दिनँ भनिसकेको थिएँ ।’

उनले यस पटक सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेकामा झापा क्षेत्र नम्बर १ का कांग्रेस समितिलाई धन्यवाद दिएको पनि उनले बताए ।

लगातार तीन पटक उम्मेदवार बनिसकेको अवस्थामा अरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरिसकेको उनले बताए । उनले आफू जीवित हुन्जेल क्षेत्र कब्जाको पक्षमा नरहेको पनि बताएका छन् । हार्दा मात्रै छाड्ने प्रवृत्तिलाई आफूले चुनौती दिएको उनले बताए ।

‘लगातार तीन पटक उम्मेदवार बनिसकेकोले अरुलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको छु’, उनले भने, ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यस पटक देशव्यापी पुग्नेछु। यो चुनावमा अनुहार बदलेर जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीलाई ल्याएर जिताऊँ ।’

फागुन २१ मा निर्वाचन गर्न वातावरण बन्न नसकेको उनले बताए । ‘चुनाव हुन कि त सरकारले वातावरण बनाउनु पर्छ कि त सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा सार्नुपर्छ’, उनले भने ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ६ : २४ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल