भारत र मलेशियाले गरे संयुक्त सैन्य अभ्यास « Khabarhub

भारत र मलेशियाले गरे संयुक्त सैन्य अभ्यास


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेशिया र भारतले संयुक्त सैन्य अभ्यास सञ्चालन गरेका छन् । दुई मुलुकले ‘हरिमाउ शक्ति’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् ।

भारतीय सेनाले यस अभ्यासबाट दुबै मुलुकका सेनाले युद्धकार्य सञ्चालन तयारी र अन्तरसञ्चालनशीलताको प्रशिक्षण प्राप्त गर्ने जनाएको छ । यस अभ्यासमा सैनिकहरुले सैन्य मार्शल आर्ट्स रुटिन, हेलिकप्टरबाट फाल हाल्नेजस्ता गतिविधि पनि सञ्चालन हुने जनाइएको छ ।

यस अभ्यासमा संयुक्त हतियार तथा उपकरण प्रस्तुती पनि समावेश रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । त्यसबाहेक अभ्यासमा शारीरिक सुगठन, योग अभ्यास र मैत्रीपूर्ण खेलकुद कार्यक्रम पनि आयोजना गरिएको छ ।

गत डिसेम्बर ५ देखि भारतको राजस्थानमा शुरु भएको अभ्यास डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ । यस अभ्यास विशेषगरी प्रतिआतंकवाद र विद्रोह प्रतिरोधी अवधारणामा आधारित रहेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : २० बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत