पाकिस्तानको पञ्जाब प्रान्तमा इन्फ्लुएन्जाको प्रकोप फैलिँदै « Khabarhub

पाकिस्तानको पञ्जाब प्रान्तमा इन्फ्लुएन्जाको प्रकोप फैलिँदै


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तमा इन्फ्लुएन्जाको प्रकोप फैलिँदै गएको छ । पछिल्ला १२ दिनमा मात्रै पञ्जाबमा ५० हजारभन्दा धेरैमा इन्फ्लुएन्जाको संक्रमण देखिएको छ ।

पञ्जाब प्रान्तको राजधानी लाहोरमा यो प्रकोप तीव्र गतिमा फैलिरहेको पाकिस्तानको समा टीभीले जनाएको छ । प्रकोप फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।

सङ्क्रमितमा सुख्खा खोकी लाग्ने, रुघा लाग्ने, टाउको र शरीरका विभिन्न अङ्ग दुख्ने समस्या देखिएको छ । चिकित्सा परीक्षणमा बिरामीमध्ये अधिकांशमा इन्फ्लुएन्जा ‘ए’ एच३एन२ भाइरस फेला परेको छ ।

विज्ञहरुले यो प्रकोप डिसेम्बरदेखि फेब्रुअरी महिनाको बीचमा अझ फैलिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : १६ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो