मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ « Khabarhub

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको मार्गमा अघि बढाउन नयाँ पुस्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन ।

आज यहाँ आयोजित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन समारोहमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका मन्त्री घिसिङले वर्तमान राजनीतिक अवस्था परिवर्तनको निर्णायक मोडमा रहेको उल्लेख गर्दै युवा र नयाँ राजनीतिक शक्तिहरूबीचको एकताले मात्र देशलाई सही दिशामा लैजान सक्ने बताए ।

संरक्षक घिसिङले पछिल्लो समय देखिएको जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक चेतनालाई सकारात्मक दिशामा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले, “जेनजी आन्दोलनपछिको उत्पन्न परिस्थितिले देशमा परिवर्तनको चाहना प्रष्ट देखिएको छ । यसलाई सुशासन र समृद्धिको दिशामा लैजान युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।”

उनले वर्तमान सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउन पूर्ण रूपमा कटिबद्ध रहेको उल्लेख गर्दै सो निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रियाभन्दा पनि नयाँ राजनीतिक शक्तिहरूको उदयको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताए ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्यायले पार्टी देशलाई समृद्धिको बाटोमा डो¥याउने अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गररे । उनले उज्यालो नेपाल पार्टीले सुशासन, पारदर्शिता, विकास र युवामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरे।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १० : १३ बजे

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा