घार र मह बेचेर मनग्य आम्दानी « Khabarhub

घार र मह बेचेर मनग्य आम्दानी


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा नेपालका प्रायःजसो ठाउँमा व्यावसायिक रुपमा मौरीपालन गर्ने क्रम बढेको छ । यसै क्रममा विदेशलाई कर्मथलो बनाइ आफ्नो दैनिकी चलाउँदै आएका पोखरा–२६ बुढीबजारका ३८ वर्षीय रमेशराज पौडेलले विदेश छाडेर स्वदेशमै केही गर्नुपर्छ भन्दै आठ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन् । उनी अहिले उदाहरणीय मौरीपालक किसानको रुपमा परिचित छन् ।

“छ वर्ष अरबमा बसेर आए, त्यहाँ काम गर्दा मुस्किलले रु ५० हजार तलब हुन्थ्यो । त्यो परिवार पाल्दैमा सहिन्थ्यो, बचत हुँदैनथ्यो । मौरीपालनमा लागेपछि सुरुका वर्षमा कम आम्दानी भए तीन चार वर्षदेखि वार्षिक रु १५ लाख आम्दानी हुन्छ,” पौडेलले भने, “मह र मौरीसहितको घार बिक्री गरी यति बेला मासिक रु एक लाखभन्दा बढी आन्दानी हुन्छ ।”

आठ वर्षअघि पाँच घारबाट मौरीपालन व्यपवसाय सुरु गर्नुभएका पौडेलका अहिले पोखरा–२६ को बुढीबजार, ढुङ्गनाथर, पोखरा–२८ कालिकास्थित धुँवाखोला र पोखरा–२१ को कृस्तीस्थित फेदीपाटन गरी चार स्थानमा मौरीका २०० घार छन् । आठ वर्षअघि रु पाँच लाखको लागतमा पोखरा–२६ को बुढीबजारमा सक्षम बि फार्मिङ सञ्चालन गर्नुभएका पौडेलको अहिले त्यो लगानी बढेर रु २५ लाख पुगेको छ । त्यो लगानी मह र घार बिक्रीबाट नै गर्न सकिएको हो ।

पौडेलको फार्मिङमा अहिले पाँच जना कामदार छन् । अघिल्लो वर्ष मात्र पौडेलले रु १० हजारका दरले एक हजार मौरी घार बिक्री गर्नुभएको थियो भने दुई हजार किलो मह बिक्री गर्नुभएको थियो । अहिले बजारमा प्रति किलो मह रु एक हजार ५०० मा बिक्री हुने गरेको छ । मेलीफेरा र सेराना जातका मौरीपालन गर्दा राम्रोसँग उत्पादन लिन सकिन्छ ।

सेरानाजातको मौरी पाल्दै आउनुभएका पौडेलले यो मौरीले सबैथरिका फूलको रस चुसेर मह बनाउने भएकाले यो मह स्वादिलो र उपभोक्ताले पनि यही खोज्ने गरेका छन् । “यो महको बजार पोखरा नै हो, बाहिर लैजानुपर्ने अवस्था छैन”, उनले भने, “वार्षिक एक घारबाट ३५–४० किलोसम्म मह उत्पादन हुन्छ, यो मह पाँच वर्षसम्म बिग्रिदैन, पुरानो महमा औषधीय गुणसमेत हुन्छ ।”

व्यावसायिक मह उत्पादनमा लाग्नुभएका पौडेलले कृषि सञ्जाल निर्माण गरी आफ्नो गाउँ रनगरका धेरै किसानलाई मौरीपालनमा आकर्षित गर्ने काममा जुटेका छन् । महको माग पु¥याउन कठिन भएको अवस्थामा बढी किसानले मह उत्पादन गरुन् भन्ने उनको उद्देश्य छ । युवा विदेश जानुभन्दा स्वदेशमा नै व्यावसायिक कृषिमा लागे भने विदेशको तुलनामा स्वदेशमा नै बढी आम्दानी गर्न सकिने पौडेलले बताए ।

गेदावरीको तालिमले मौरी व्यवसायतर्फ आकर्षित गरेको पौडेलले बताए । उनले भने “कास्कीमा मात्र चार हजार घार र ६०–७० व्यावयायिक मौरीपालक किसान छन् ।”

चरन विकास गर्दा नेपालले मौरीबाटै वार्षिक १० लाख टन मह उत्पादन गर्न सकिने मौरी विज्ञ टेकमान गुरुङले बताए । सरकारले यो पक्षलाई हेरेर मौरीपालनसम्बन्धी व्यावहारिक नीति बनाउनुपर्ने उनले भने । उनले भने “तीनै तहको सरकारले मौरीपालन र मह उत्पादनसम्बन्धी थुप्रै कार्यक्रम तथा तालिम सञ्चालन गर्न आवश्यक छ ।”

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १० : ५१ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल