‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक « Khabarhub

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को पहिलो टिजर सार्वजनिक भएको छ।

मार्वल स्टुडियोले युट्युबमार्फत टिजर सार्वजनिक गरेसँगै विश्वभरका प्रशंसकमा उत्साह थपिएको छ। टिजरमा देखाइएका केही रहस्यमय दृश्य र संकेतले कथाबारे थप जिज्ञासा बढाएको छ।

टिजरको सबैभन्दा ठूलो आकर्षण भनेको क्रिस इभान्सको पुनरागमन हो। ‘क्याप्टेन अमेरिका’ का रूपमा चर्चित इभान्स फेरि स्टिभ रोजर्सकै भूमिकामा फर्किने पुष्टि भएपछि प्रशंसकहरू उत्साहित भएका छन्। लामो समयपछि उनको कमब्याकलाई मार्वल सिनेम्याटिक युनिभर्सको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

यसअघि टिजर निर्देशक जेम्स क्यामरुनको नयाँ फिल्म ‘अवतार : फायर एण्ड यश’ को प्रदर्शनका क्रममा सीमित दर्शकलाई मात्र देखाइएको थियो। तर सोसल मिडियामा टिजर लिक भएपछि मार्वलले आधिकारिक रूपमा युट्युबमा सार्वजनिक गरेको हो।

मार्वल स्टुडियोको महत्वाकांक्षी परियोजना ‘एभेन्जर्स : डुम्स डे’ आगामी डिसेम्बर १८, २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तय भएको छ। क्रिस इभान्सको पुनरागमनसँगै यो फिल्म मार्वल फ्रेन्चाइजकै सबैभन्दा प्रतीक्षित परियोजनामध्ये एक बनेको छ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ११ : ०३ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना