काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै  « Khabarhub

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

शिविर पौष १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ  । शिविर काठमाडौँ महानगरपालिका–७, हेपाली हाइटस्थित काठमाडौं बाल अस्पताल परिसरमा आयोजना गरिने अस्पतालले जनाएको छ।

शिविरमा वरिष्ठ बालरोग विशेषज्ञहरूमार्फत परामर्श तथा उपचार सेवा निःशुल्क प्रदान गरिनेछ। यसअन्तर्गत सामान्य बाल स्वास्थ्य, बाल मानसिक स्वास्थ्य, नवजात शिशु सेवा, बाल नसासम्बन्धी रोग, बाल पेट तथा रक्तसम्बन्धी रोग, बाल क्यान्सर, बाल मिर्गौला ९नेफ्रोलोजी०, बाल मुटुरोग, बाल नाक–कान–घाँटी, बाल दन्त चिकित्सा तथा बाल हाडजोर्नी सम्बन्धी सेवा उपलब्ध हुनेछन् ।

त्यसैगरी शिविरमा ओपीडी जाँच, प्रयोगशाला सेवा, एक्स–रे, युएसजी, इको तथा इसिजी सेवा पनि प्रदान गरिने अस्पतालले जानकारी दिएको छ । 

अस्पतालले बालबालिकाको स्वास्थ्य परीक्षण तथा समयमै उपचारका लागि अभिभावकहरूलाई शिविरमा सहभागिता जनाउन आग्रह गरेको छ । थप जानकारीका लागि ०१–४३७०३७३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : ३१ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली