गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ  « Khabarhub

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको संवाद सहमतितिर अघि बढेको दाबी गरेका छन् । 

पराजुलीले मेयर बालेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनका लागि सहमतिउन्मुख रहेकाले चाँडै नै सकारात्मक खबर सुन्न पाइन सक्ने दाबी गरे । 
 
राष्ट्रिय स्वतन्त्र पार्टीसँग बालेन संवादमा रहेको बताउँदै पराजुलीले देशमा सबै वैकल्पिक शक्तिहरू एक भएर जाने कुरामा तयार भएको उनले उल्लेख गरे । यसका सहमतिका केही खाका तयार भइरहेको पनि उनले बताएका छन् । 

‘हामीले लामो समयदेखि यसबारे छलफल गरिरहेका थियौँ। वार्ता सकारात्मक भएर सहमतिउन्मुख पनि छ’, पराजुलीले खबरहबलाई भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्पमा कोही जान तयार हुनुभएको छैन । हामीले वार्तालाई सकारात्मक र सहमतिउन्मुख भनेका छौँ ।’ 

सबै शुभचिन्तक र नेपाली जनताको आशाअनुरूप नयाँ सहमतिका केही कुराहरू शुक्रबार नै सार्वजनिक हुन सक्ने देखिएको उनले बताएका छन्। पराजुलीले छलफल र वार्ता जारी रहेकाले चाँडो निकासा दिनेसमेत दाबी गरेका छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : ४९ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल