नंगा पर्वतमा हराइरहेका पर्वतारोहीको खोजी तीब्र « Khabarhub

नंगा पर्वतमा हराइरहेका पर्वतारोहीको खोजी तीब्र


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानी सेनाले मुलुकको हिमालयन क्षेत्रमा रहेको नंगा पर्वत चढ्ने क्रममा हराइरहेका आरोहीको खोजी कार्य तीब्र पारेको छ ।

८ हजार १ सय २६ मिटर उचाईको नंगा पर्वत आरोहण गर्न पाकिस्तान पुगेका इटालीका डानियल नार्डी तथा बेलायती आरोही टम बलार्ड गत आइतबार देखि हराइरहेको पाकिस्तानका लागि इटालियन राजदूत स्टेफानो पोन्टेकोर्भोले जनाएका हुन् । हराइरहेका पर्वतारोहीको खोजीकार्यका लागि पाकिस्तानी सेनाको हेलिकोप्टर प्रयोग भइरहेको जनाइएको छ ।

टम महान् बेलायती पर्वतारोही अलिसन हार्गेभ्सका छोरा हुन् । हार्गेभ्स सन् १९९५ मा अरुको सहाराबिना एक्लै सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी थिइन् ।

हराइरहेका दुबै पर्वतारोही नंगा पर्वत आरोहणका लागि यसअघि हरेक पटक असफल भएको मार्ग भएर शिखरमा पुग्ने क्रममा रहेको बताइएको छ । नंगा पर्वत पर्वतारोहणका लागि सबैभन्दा कठिन हिमाल मानिन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ९ : ३८ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार