ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ « Khabarhub

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीमाथि लगाइएको स्थान हद हटाउने संकेत गरेको छ।

उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार मध्याह्न एमाले अध्यक्ष ओलीसँग भक्तपुरको गुण्डूमा दुई घण्टा लामो छलफलपछि यस्तो बताएका हुन् ।

राजनीतिक दलका शीर्ष नेताहरूसँगको संवादलाई तीव्र बनाएको अन्तरिम सरकारले शुक्रबारदेखि शीर्ष नेताको निवासमै पुगेर भेट थालेको हो ।

ओलीसँग गुण्डूमा भएको दुई घण्टा लामो भेटपछि सञ्चारकर्मीले खरेललाई सोधेका थिए, ‘चुनाव गर्ने भन्दै हुनुहुन्छ, एमाले अध्यक्षसहितका नेतालाई स्थान हदमा राखेर कसरी सम्भव होला ?’ यसको जवाफमा खरेलले भने, ‘प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले सबैखाले उल्झन हटाउँछ ।’

सरकारका प्रवक्ता खरेलले फागुन २१ को निर्वाचनलाई राजनीतिक महोत्सवको संज्ञा पनि दिए । ‘फागुन २१ गतेको निर्वाचन एक राजनीतिक महोत्सव हो, यो महायज्ञ पनि हो’, उनले भने, ’त्यो लक्ष्य प्राप्तिका गर्न हाम्रा केही अल्झन र चुनौती छन्, केही कुरा सहज बनाउनु पर्नेछ । निर्वाचनको गन्तव्यमा पुग्न सरकारले त्यो वातावरण बनाउनुपर्छ, बनाउँदै हामी त्यहाँसम्म जाने छौँ ।’

मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जमा पुगेर निर्वाचनमा केन्द्रित छलफल गरेका थिए ।

खरेलले महाराजगञ्जस्थित निवासमा भेट गरेपछि सभापति देउवाले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको बताएका थिए। उनले कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको जवाफ खरेललाई दिएका थिए ।
 
सभापति देउवाले स्वतन्त्र एवम् निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले बताए।

राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील रहेको खरेलले बताए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १ : ३९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम