कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु « Khabarhub

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका यात्रुको आवागमन एक वर्षदेखि रोकिएको छ । गौरीफन्टा नाका हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकलाई आवागनमा सीमापारी भारतीय पक्षले रोक लगाएसँगै कार्यालयको काम पनि रोकिएको हो ।

कार्यालयका सूचना अधिकारी शान्ति बुढाले भने, ‘गौरीफन्टास्थित भारतीय अधिकारीले आफूहरूसँग साधनस्रोत नभएको भनेर गत वर्ष जनवरी(पुस)देखि तेस्रो मुलुकका यात्रुको आवागमनको काम रोकेको छ । उक्त काम रोक्दा गौरीफन्टा पुग्ने पाहुनाले गन्तव्यतर्फ जान नपाएर समस्या भइरहेको छ ।’
 
उनका अनुसार यहाँस्थित अध्यागमन कार्यालयले अध्यागमनसम्बन्धी व्यवस्थापन तथा सेवा प्रवाहलाई यथावत् राखे पनि सीमापारी पुग्ने यात्रुलाई आवागमन गर्न दिइएको छैन । आवागमनका लागि गौरीफन्टा नाका प्रयोग गर्न नपाएपछि यात्रुले कञ्चनपुरको गड्डाचौकी सीमानाका प्रयोग गर्न थालेका उनले जानकारी दिए  ।  
  
गौरीफन्टामा आवागमन रोकिँदा कैलाली अध्यागमन कार्यालयको राजस्व सङ्कलन पनि प्रभावित भएको सूचना अधिकारी बुढाले बताए । साथै यो नाका प्रयोग गर्दै आएका यात्रुलाई अन्य नाका प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । उनका अनुसार कार्यालयले विदेशी नागरिकको भिसाको म्याद थपिदिने, वैवाहिक भिसा दिनेलगायत सेवा उपलब्ध गराउँदै आएको छ ।  
 
‘कार्यालयको सन् २०२४ को वार्षिक तथ्याङ्कका अनुसार यो नाका हुँदै तेस्रो मुलुकका ३० नागरिक भित्रिएकामा ३२ नागरिक बाहिरिएका थिए । त्यसपछि भने काम रोकिएको छ’, सूचना अधिकारी बुढाले भने ।

अध्यागमन व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी रहेको अध्यागमन विभागअन्तर्गत प्रवेश तथा प्रस्थान विन्दुमा अध्यागमन कार्यालय सञ्चालनमा छन् । रासस

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ५ : २९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन