निर्वाचनको विकल्प छैन : संयोजक दाहाल « Khabarhub

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले संसद् पुनर्स्थापनाको पछाडि नलाग्न आग्रह गर्दै भयरहित वातावरणमा निष्पक्ष चुनाव अहिले जनताले माग गरेकाले राजनीतिक दलहरू त्यसका लागि तयार हुनुपर्ने बताए  ।

कम्युनिष्टले मात्र देश विकास तथा जनताको पक्षमा काम गर्न सक्ने भएकाले कम्युनिस्ट शक्तिबीच एकता वर्तमान आवश्यकता भएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा गरी देशमा विद्यमान सङ्कटको समाधान गर्न समान वैचारिक दृष्टिकोण बोकेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको स्पष्ट पारे ।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवप्रवेशहरूलाई पार्टीमा स्वागत गर्दै नेपाली कम्युनिस्ट पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम प्रष्ट रहेकाले जनताको भरोसा तथा विश्वास बढेको बताए। 

विचार, सिद्धान्त मिलेका दलहरू एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने जानकारी दिँदै राजनीतिक दलहरूको परीक्षा सुरु भएकाले पार्टीलाई बलियो बनाउन सङ्गठन सुदृढीकरणमा जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्साका जिल्लास्तरीय नेता जयप्रकाश थारु नेतृत्वको टोलीले सो पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए । रासस

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ६ : ३१ बजे

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान