स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें « Khabarhub

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशका राजनीतिक दलहरूले आफ्नो स्वार्थ त्यागेर देश र जनताको लागि काम गर्नुपर्ने बताएका छन् । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले आज नगरकोटमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले पार्टी कार्यकर्ताहरूले मनबाटै सेवा गर्ने वाचा गरी अगाडि बढ्नुपर्ने बताए ।

उनले देखावटी, बनावटी र प्रचारमुखी राजनीतिभित्र स्वार्थ लुक्ने टिप्पणी गर्दै देशका आम युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा गहन जानकारी राख्दै देशका लागि जुट्नुपर्ने आवश्यकता रहेको बताए । नेमकिपा अध्यक्ष बिजुक्छेँले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी जस्ता मुख्यधारका दलहरूले देश र जनताको हितलाई उच्च प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने बताउँदै नयाँ पुस्तालाई प्रयोग गरेर देश विरुद्ध लाग्ने तत्व सक्रिय हुन सक्नेतर्फ सबै चनाखो हुनुपर्ने बताए ।

उनले देशका विभिन्न स्थानमा सक्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरूले साम्राज्यवादलाई बलियो बनाउने कार्य गरिरहेको आरोप लगाउँदै यस्ता संस्था निषेध गर्नुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सचिव सुवालले नेपाली राजनीतिक इतिहासबारे जानकारी गराउँदै विदेशी हस्तक्षेप विरुद्ध स्पष्ट दृष्टिकोण बनाएर देश र जनताको हित सुरक्षित गर्न सबै दल लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ६ : ३१ बजे

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ

बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

काठमाडौं– सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन

‘बहाल-बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परामा आधारित

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन