प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’ « Khabarhub

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

ठूलै प्राकृतिक विपत्ति आए मात्रै निर्वाचन सर्ने जिकिर


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका सवालमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन् ।

नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो धारणा राखेकी हुन् ।

प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै विचारको विविधता लोकतन्त्रको सुन्दर पक्ष भए पनि राष्ट्रिय हित र निर्वाचनजस्ता विषयमा सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याइन् ।

‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्। फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान्,’ उनले भनिन्, ‘विचारमा विविधता हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ।’

प्रधानमन्त्री कार्कीले निर्वाचनको पक्षमा पनि अहिले सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बेला आएको बताउँदै विषम परिस्थितिमा संयमित भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

निर्वाचन नै जनताले आफ्ना विचार अनुमोदन गर्ने माध्यम भएकाले त्यसलाई सफल बनाउन सबैले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

उनले सरकारले निर्वाचन सफल बनाउन सम्पूर्ण तयारी गरिरहेको जानकारी दिँदै सुरक्षाको विषयमा कुनै शंका नगर्न आग्रह गरिन् ।

‘हतियार र कैदी धेरै हदसम्म फिर्ता भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराइसकिएको छ’, उनले भनिन्, ‘निर्वाचनका लागि छुट्टै प्रहरी भर्ती प्रक्रिया पनि अघि बढेको छ । ठूलो प्राकृतिक विपत्ति नआए फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन।’

देशले ठूलो क्षति बेहोरिसक्दा पनि आत्मसमीक्षा नगर्ने प्रवृत्तिप्रति भने आफू आश्चर्यचकित भएको प्रधानमन्त्री कार्कीको भनाइ थियो।

‘देशै तहसनहस हुँदा पनि नचेत्ने प्रवृत्ति अनौठो छ,’ उनले भनिन्, ‘बाहिरका तत्वलाई दोष दिने गरिन्छ, तर ती तत्वलाई खेल्ने ठाउँ कसले बनायो भन्नेबारे आत्मसमीक्षा गर्न चाहिँ हामी चुक्छौँ।’

प्रधानमन्त्री कार्कीले मुलुकमा पुरानो र नयाँ विचारबीच द्वन्द्व देखिए पनि यसलाई एकै घरभित्रको विषयका रूपमा पारिवारिक वातावरणमै समाधान गर्नुपर्ने बताइन् ।

‘पुरानो सोच, पुरानो तरिका र पुरानै व्याख्याले अब चल्नेवाला छैन। हामी सुध्रिन र सच्चिन जरुरी छ,’ उनले स्पष्ट पारेकी छन् ।

यो सरकार चुनाव गराउनै आएको दोहोर्‍याउँदै प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्वाचन गराउने कार्यादेशबाट दायाँबायाँ गर्ने छुट सरकारलाई नरहेको पनि बताइन् ।

भेटका क्रममा नागरिक बचाउ दल, नेपालका अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष पाँच सूत्रीय ज्ञापनपत्र पनि बुझाएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : १० बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल