पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल « Khabarhub

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ । नेपालले यस वर्ष (२०२५) मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) अन्तर्गतका १० मुलुकमध्ये पोलियो भाइरसका शङ्कास्पद बिरामीको उत्कृष्ट खोजतलास (सर्भेलेन्स) गर्न सफल भएको हो ।

डब्लुएचओ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा गरिएको खोजतलासमा डब्लुएचओ सेरोअन्तर्गत १० देशलाई नेपालले उछिनेको हो । देशभरि नै १५ वर्ष मुनि उमेर समूहमा उक्त सर्भेलेन्स गरिएको हो । ती शङ्कास्पद बिरामीको थाइल्याण्डमा परीक्षण गरिएको हो । परीक्षणका क्रममा भने पोलियो सङ्क्रमण पाइएको छैन ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नेपालले प्रति एक लाखमा ७।१ जना पोलियो भाइरसका शङ्कास्पद बिरामी भेटाएर उत्कृष्टता हासिल गरेको बताए । उनले अनुसार देशभरि ५७९ जनामा पोलियोका शङ्कास्पद बिरामी भेटिएका छन् । उनका अनुसार अझै ४० शङ्कास्पद बिरामीको परीक्षण हुन बाँकी छ ।

डब्लुएचओको मापदण्डअनुसार प्रति एक लाखमा दुई जना पोलियो भाइरसका शङ्कास्पद बिरामी भेटाउनुपर्ने हुन्छ । तर नेपालले डब्लुएचओले तोकेको मापदण्डभन्दा धेरै बिरामी भेटाएर उत्कृष्ट सर्भेलेन्स गरेको छ ।

“जति धेरै शङ्कास्पद बिरामी भेटियो त्यति नै चाँडो पोलियो भाइरस सङ्क्रमण निर्मूल गर्न सकिन्छ”, उनले भने, “हामीले डब्लुएचओका सेरोअन्तर्गत १० मुलुकमा सबैभन्दा धेरै शङ्कास्पद बिरामी भेटाएर उत्कृष्ट हासिल गरेका छौँ ।”

नेपालमा २०१४ मा पोलियोमुक्त भइसकेको छ । पछिल्लो पटक २०१० मा रौतहटमा एक जनामा पोलियोको बिरामी भेटिएको थियो । शाखा प्रमुख डा गौतमले नेपालमा हुम्ला र रोल्पामा एकदेखि १।९ जनासम्म र अन्य सबै जिल्लामा दुई जनाभन्दा बढी नै शङ्कास्पद बिरामी भेटिएका बताए ।

भारत, बङ्गलादेश, भुटान, दक्षिण कोरिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड, टिमोर–लेष्टेभन्दा नेपालको पोलियो भाइरसका बिरामीको खोजतलास गर्ने क्षमता राम्रो देखिएको छ । नेपालपछि भुटानले प्रति एक लाखमा ५।३२ जना र भारतले ५।१२ जना पोलियाका शङ्कास्पद बिरामी फेला पारेको छ । बङ्गलादेशले २.८० जना, दक्षिण कोरिया २।३८ जना, म्यानमारले २.५१ जना शङ्कास्पद बिरामीे भेटिएका भेटाएका छन् ।

नेपालले सन् २०२४ मा प्रति एक लाखमा ४।५ जना शङ्कास्पद बिरामीे भेटिएका थिए । नेपालमा गतवर्ष पाँच वर्षदेखि नौ वर्ष उमेर समूहका बालबालिकालाई गत वर्ष पोलियो रोग विरुद्धको खोप दिइएको थियो । नेपालमा जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताका शिशुलाई पोलियो विरुद्धको थोपा खुवाउने गरिन्छ । त्यसैगरी १४ हप्ता र नौ महिना उमेरमा पोलियो रोग विरुद्धको खोप लगाउने गरिन्छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १० : २४ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन