बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट « Khabarhub

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

पहिलो खेलमा वारियर्स विजयी


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्सले विजयी सुरुवात गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा सन्दीपको टिम वारियर्सले सिलेट टाइटन्सलाई आठ विकेटले हराएको हो । सुरुमा ब्याटिङ गरेको सिलेटले राजशाहीलाई पाँच विकेटको क्षतिमा १९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । उक्त लक्ष्य पछ्याएको राजशाहीले १९ ओभर चार बलमा १९२ रन बनाउँदै आठ विकेटको जित निकालेको हो ।

सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट हात पारे। उनले चार ओभरमा ३८ रन खर्चिए ।

राजशाहीको जितमा नजमुल हुसेन शान्तोले शतक बनाए । ६० बल खेल्दा १० चौका र पाँच छक्का हिर्काउँदै शान्तोले नटआउट १०१ रन बनाएका हुन् । राजशाहीका लागि मुशफिकुर रहिमले अर्धशतक बनाए । उनले चार चौका र दुई छक्काको मद्दतमा ५१ रन जोडेका हुन् ।

ब्याटिङमैत्री पिचमा दुवै इनिङतर्फ दुई विकेट हात पार्ने खेलाडी सन्दीप मात्र परे । बंगलादेशका स्टार बलरलेसमेत विकेट निकाल्न सकेनन् ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ६ : ५८ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज