काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्सले विजयी सुरुवात गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा सन्दीपको टिम वारियर्सले सिलेट टाइटन्सलाई आठ विकेटले हराएको हो । सुरुमा ब्याटिङ गरेको सिलेटले राजशाहीलाई पाँच विकेटको क्षतिमा १९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । उक्त लक्ष्य पछ्याएको राजशाहीले १९ ओभर चार बलमा १९२ रन बनाउँदै आठ विकेटको जित निकालेको हो ।
सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट हात पारे। उनले चार ओभरमा ३८ रन खर्चिए ।
राजशाहीको जितमा नजमुल हुसेन शान्तोले शतक बनाए । ६० बल खेल्दा १० चौका र पाँच छक्का हिर्काउँदै शान्तोले नटआउट १०१ रन बनाएका हुन् । राजशाहीका लागि मुशफिकुर रहिमले अर्धशतक बनाए । उनले चार चौका र दुई छक्काको मद्दतमा ५१ रन जोडेका हुन् ।

ब्याटिङमैत्री पिचमा दुवै इनिङतर्फ दुई विकेट हात पार्ने खेलाडी सन्दीप मात्र परे । बंगलादेशका स्टार बलरलेसमेत विकेट निकाल्न सकेनन् ।













प्रतिक्रिया