राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ।

करिब एक घण्टा चलेको वार्तामा समयमै निर्वाचन गराउने र सबै राजनीतिक दल तथा समूहलाई समेटेर सहमतिको वातावरण बनाउने विषयमा छलफल भएको बताइएको छ।

भेटमा समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण र निर्वाचनको विश्वसनीयता सुनिश्चित गर्ने विषय पनि उठान भएको स्रोतले जनाएको छ। छलफलका क्रममा संविधानअनुसार निर्धारित समयमै निर्वाचन हुनु आवश्यक रहेकोमा दुवै पक्ष सहमत देखिएका छन्।

वार्तामा राजनीतिक स्थायित्व र सहकार्यका माध्यमबाट निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइएको थियो। 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १२ : २५ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई