रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय « Khabarhub

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल ‘देश विकास पार्टी’ दर्ता गर्ने तयारी तीव्र बनाएका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल सकारात्मक निष्कर्षमा नपुगेमा ललितपुरको ज्वागलमा निर्माणाधीन घरलाई नै पार्टी कार्यालय बनाइने तयारी गरिएको छ।

ज्वागलमा रहेको उक्त घरको बाहिरी संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने भित्री कोठाहरूमा अफिस सेटअपको काम पनि सुरु भइसकेको छ। कार्यालय प्रयोजनका लागि कोठा व्यवस्थापन, फर्निचर र अन्य आवश्यक संरचना मिलाउने काम भइरहेको स्रोतले जनाएको छ।

केही दिनयता बालेन शाह ज्वागलमै रहेका आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर विभिन्न राजनीतिक भेटघाट र छलफलमा सक्रिय छन्। रासपासँग सहकार्यको सम्भावनाबारे निरन्तर संवाद भइरहे पनि अन्तिम सहमति भने भइसकेको छैन।

स्रोतका अनुसार सहमति भए बालेन रासपासँगै अघि बढ्नेछन्। सहमति नभए ‘देश विकास पार्टी’लाई औपचारिक रूपमा अघि बढाउँदै ज्वागलस्थित यही भवनबाट पार्टी गतिविधि सञ्चालन गरिने तयारी छ।

बालेनको सम्भावित नयाँ राजनीतिक कदमलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १२ : ३८ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई