गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान « Khabarhub

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही  १० हजार प्रदान गरिएको छ ।

यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेगमा इन्धन सहज रूपमा उपलब्ध नहुने, यन्त्र बिग्रेमा मर्मत गर्न समस्या हुने तर  गोरु पाल्ने किसानका कारण कृषिकर्मलाई निरन्तरता दिन सहिने भएकाले उनीहरूलाई अनुदान दिइएको बिहादी गाउँपालिका अध्यक्ष प्रविण गुरुङले राससलाई जानकारी दिए । 

ती किसानले यान्त्रिक हलो प्रयोग नगरी गोरु पाल्दै आएका छन् भने परम्परागत रुपमा काठको हलो, जुवा, लिड्को प्रयोग गरेर खेती गर्दै आएका छन् । 

छ वडाको बिहादीमा वडा नं १ बाच्छाका सात जना, वडा नंं २ बर्राचौरका १३ जना, वडा नंं ३ रानीपानीका छ जना, वडा नंं ४ वहाकीका एक जना, वडा नंं ५ उरामपोखराका १२ जना र वडा नंं ६ शालिग्रामका सात जना किसानलाई अनुदान रकम प्रदान गरिएको हो । 

यसअघि बिहादी गाउँपालिकाले प्रजननका लागि राँगा पाल्ने कृषकलाई रु १० हजार अनुदान, स्थानीय जातका गाई पाल्ने  कृषकलाई सुत्केरी भत्ता तथा प्रोत्साहन रकम प्रदान गरेको थियो । 

यसैगरी, व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्ने कृषकलाई प्रतिगाई वा भैँसी २० हजार का दरले अनुदान दिइएको छ । 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १२ : ४९ बजे

फिर्केखोलामा डोजर लगाउँदा जे देखियो

काठमाडौं– पोखरा महानगरले दिएको अल्टिमेटम सकिएपछि फिर्के खोलाको खोलाघर अतिक्रमण

प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे विचारगोष्ठी

काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा प्रगतिशील लेखक सङ्घले आज राष्ट्रिय साहित्यिक

बाजुरा-हुम्ला सीमा अध्ययन गर्न समिति गठन

काठमाडौं- सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन

एमाले सचिवालय बैठक : १९ पदाधिकारीमध्ये अध्यक्ष ओलीको बचाउमा चार नेतामात्रै उभिए

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक तीन दिनदेखि भक्तपुरको गुन्डुमा जारी

ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा