झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार « Khabarhub

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ ।

आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए।

आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले रु ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने पुँजीगततर्फ रु ३२ लाख ६६ हजार ३४८ आम्दानी गरेको छ । शाखाको समग्र सम्पत्ति रु दुई करोड २६ लाख ७१ हजार ११८ रहेको र आश्रमको अक्षयकोषमा रु दुई लाख ५२ हजार ८८०, नगद मौज्दात रु २१ हजार १८९ र बैंक मौज्दात रु नौ लाख २७ हजार ११३ रहेको जनाइएको छ ।

मेचीनगर–४ मा आश्रमको आफ्नै भवन रहेको छ । स्थानीय समाजसेवी रामबहादुर प्रधानको परिवारले दान दिनुभएको दुई बिघा पाँच कट्ठा जग्गामा आश्रम सञ्चालन रहेको छ । 

उद्धार गरिएकामध्ये सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी ३० जनाको सफल पारिवारिक पुनर्मिलन गराइएको र हाल झापा शाखामा ७२ जना आश्रित संरक्षणमा रहेको संयोजक विश्वकर्माले जानकारी दिए ।
 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १ : ३० बजे

तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई

विदेशी योजनामा नयाँ पार्टी बनेको लिङ्देनको आरोप

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको योजना

राप्रपाले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन