‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय « Khabarhub

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता पात्रको भूमिका निभाएका छन्, जसले आज पनि दर्शकलाई प्रभावित बनाउँछ । विशेषगरी ‘बाजिगर’ र ‘डर’ जस्ता ९० को दशकका थ्रिलर फिल्ममा उनले खलनायकको भूमिका निभाएका थिए । शाहरुख खानले निभाएको खलनायक पात्रको पनि छुट्टै फ्यानबेस छ । उनको यस्ता भूमिकाबाट दक्षिण भारतीय सुपरस्टार थलापथी विजय पनि निकै प्रभावित छन् ।

भारतीय मिडिया हेडलाइन टुडेसँगको अन्तर्वार्तामा उनले आफूलाई खलनायकको भूमिका खेल्न कुनै असहज नहुने बताए । यद्यपि यस्ता पात्र सशक्त र प्रभावशाली हुनुपर्ने उनको धारणा छ । शाहरुख खानले ‘बाजिगर’ वा ‘डर’मा देखाएको दमदार पात्र भए मात्रै आफू खलनायकको भूमिकामा देखिने उनको भनाइ छ ।

सन् १९९३ मा अब्बास–मस्तानको निर्देशनमा बनेको ‘बाजिगर’ मा शाहरुख खानले पहिलो पटक एन्टी–हिरोको भूमिका निभाएका थिए । अजय शर्मा नामक पात्रमार्फत उनले बदला र पहिचान परिवर्तनको कथा प्रस्तुत गरेका थिए । यसबाट उनको करियरमा ठूलो मोड आएको थियो । यस फिल्ममा काजोल र शिल्पा शेट्टी मुख्य भूमिकामा थिए ।

त्यसै वर्ष यश चोपडाको निर्देशनमा बनेको ‘डर : ए भायोलेन्ट लभ स्टोरी’मा पनि शाहरुखले एक अन्धो प्रेमी एवम् स्टकरको भूमिका निभाएका थिए । मनोवैज्ञानिक थ्रिलरको रूपमा बनेको यो फिल्म बक्स अफिसमा अत्यन्त सफल भयो । फिल्ममा सन्नी देओल, जुही चावला र अनुपम खेरलगायत कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ३ : ४१ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न