महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने « Khabarhub

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेदवारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर आइतबार बैठक बोलाइएको हो ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले जानकारी दिए । एमालेका एक पदाधिकारीले दिएका जानकारी अनुसार कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आज प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि अध्यक्ष केपी शर्मा ओलीले भोलिको बैठकमा जानकारी गराउने कार्यसूची छ ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलि पुष १३ गते समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ । जिल्ला र प्रदेशबाट समानुपातिकका आकाङ्क्षीहरुको नाम संकलन गरेर पार्टी अध्यक्ष र महासचिव सहितका नेताहरुले छोटो सूची तयार गरेका छन् ।

भोलिको बैठकमा विभिन्न नेताहरुले दिएको सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयार गरेर भोलि नै निर्वाचन आयोगमा बुझाउने तयारी छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ४ : ३३ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन