प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल « Khabarhub

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की र मुख्य राजनीतिक दलका शीर्ष नेताबीच तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने समझदारी भएको बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको उच्चस्तरीय वार्ताले चुनावमा जाने निष्कर्ष निकालेको उनले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै तथा सरकारका प्रवक्ता खरेलले भने, “एमालेका अध्यक्ष ओलीले स्पष्ट रूपमा एमाले चुनावमा जान तयार छ, तर सरकारले वातावरण बनाओस् भन्नुभएको छ । कांग्रेस सभापति देउवाले पनि अब संसद् पुनःस्थापना नभइ निर्वाचनमा जाने कुरालाई स्पष्टसँग भन्नुभएको छ ।”

आजको बैठकपछि चुनाव हुन्छ कि हुन्न भन्ने दुविधा र चुनावमा राजनीतिक दलले भाग लिन्छन् कि लिँदैनन् भन्ने शङ्का पनि टरेको उनको भनाइ थियो । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि तोकिएको मिति फागुन २१ मै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएको पनि प्रवक्ता खरेलले जानकारी दिए । उनले भने, “संयोजक दाहालले निर्वाचनको लागि आफ्नो पार्टी तयार रहेको मात्रै नभइ एमालेका अध्यक्ष ओलीलाई निर्वाचनका लागि तयार हुन पनि आग्रह गर्नुभएको छ, उहाँले सरकारले गरेको कामको पनि प्रशंसा गर्नुभएको छ ।”

सभापति देउवाले बैठकमा कांग्रेसको अबको एजेण्डा संसद् पुनःस्थापना नभइ चुनाव भएको उल्लेख गर्दै चुनावका लागि तयार हुन अध्यक्ष ओलीलाई आग्रह गरेको पनि मन्त्री खरेलले जानकारी दिए । बैठकमा फागुन २१ गते हुने निर्वाचनको समयमा मौसमले साथ नदिएको खण्डमा के गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो ।

उनले भने, “फागुनमा हिउँ पर्नसक्ने वा तपाईमा हुने पर्वका कुरा पनि उठेका छन्, तर प्रधानमन्त्रीज्यूले सरकारले फागुन २१ मै निर्वाचन गर्ने म्यान्डेड छ भनेर कुरा राख्दा उहाँहरूले त्यसमा अरु कुरा गर्नुभएको छैन । सरकारको लक्ष्य चुनाव गराउने हो, यो भन्दै गर्दा भ्रष्टाचार र सुशासनका कुरा पनि सँगसँगै छ ।”

मन्त्री खरेलले फागुन २१ गते चुनाव सम्पन्न गर्ने लक्ष्यसहित त्यसमा आइपर्ने चुनौती र समस्याबारे प्रष्ट पार्दै अगाडि बढ्ने सरकारको योजना रहेको पनि सुनाए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : २८ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना