ओलीमाथिको स्थानहद हटाउने संकेत स्वागतयोग्य : महेश बस्नेत « Khabarhub

ओलीमाथिको स्थानहद हटाउने संकेत स्वागतयोग्य : महेश बस्नेत


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद हटाउने संकेत सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले निर्वाचनको अनुकूल वातावरण बनाउन स्थानहद पुनरावलोकन गर्न सकिने संकेत दिएको हो।

यसपछि सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मुख्य राजनीतिक दलका अध्यक्षमाथि स्थानहद लगाइनु उपयुक्त नहुने बताएका छन्। निर्वाचनलाई सहज र विश्वसनीय बनाउन यस्तो निर्णय लिइएको हो भने त्यसलाई स्वागत गर्नुपर्ने उनको भनाइ छ।

जेनजी आन्दोलनका क्रममा दमन गरिएको आरोपमा छानबिनका लागि गठित आयोगले ओलीलाई काठमाडौँ उपत्यकाबाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो। तर पछिल्लो राजनीतिक संवादसँगै उक्त निर्णयमा लचकता देखिन थालेको छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : ११ बजे

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा