काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने स्थानीय सञ्चारमाध्यम टोलो न्युजले शनिबार जनाएको छ ।
यो नगर कान्दाहारको झारी जिल्लामा तीन हजार हेक्टर जमिनमा निर्माण गरिनेछ, जहाँ आवासीय प्लटका साथै स्कूल, स्वास्थ्य केन्द्र र पानी आपूर्ति नेटवर्क जस्ता प्रमुख सार्वजनिक सुविधाहरू समावेश हुनेछन् ।
यस प्रान्तको दामन र झारी जिल्लाहरूमा फर्कने परिवारहरूका लागि जग्गा बाँडफाँड प्रक्रिया पहिले नै भइसकेको छ । यो योजनाबाट लगभग पाँच हजार परिवारहरूलाई लाभान्वित गर्छ ।
सरकारले विदेशबाट फर्केका परिवारहरूको आवश्यकतालाई सम्बोधन गर्न देशभरिका धेरै जिल्लाहरूमा थप आवास परियोजनाहरूको योजना बनाएको रिपोर्टमा बताइएको छ।
अफगानिस्तानमा हालैका महिनाहरूमा विदेश ९खासगरी पाकिस्तान र इरान०मा शरणार्थीको रूपमा बसोबास गर्दै आएका फर्कन अफगानी आप्रवासीहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको उच्च आयोग (यूएनएचसीआर)को तथ्याङ्कले यस वर्ष अहिलेसम्म लगभग २८ लाख अफगानीहरू छिमेकी देशहरूबाट फर्किएका देखाएको छ।













प्रतिक्रिया