रवि–बालेन एकतापछि हर्क साम्पाङ आक्रोशित, बिहानदेखि मध्यदिनसम्म लेखिसके दर्जनबढी फेसबुक स्टाटस « Khabarhub

रवि–बालेन एकतापछि हर्क साम्पाङ आक्रोशित, बिहानदेखि मध्यदिनसम्म लेखिसके दर्जनबढी फेसबुक स्टाटस


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परम्परागत ठूला राजनीतिक दललाई चुनौती दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह एकै ठाउँ उभिएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आक्रोशित देखिएका छन्।

आइतबार सबेरै रवि र बालेनबीच सात बुँदे सहमति भई बालेन्द्र शाह रास्वपामा प्रवेश गर्ने सहमति सार्वजनिक भएसँगै साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लगातार प्रतिक्रिया जनाइरहेका छन्। आइतबार बिहानदेखि हालसम्म उनले दर्जन भन्दा बढी स्टाटस लेखिसकेका छन्।

नौ महिना लामो कारागार बसाइबाट छुटेलगत्तै रवि लामिछाने र बालेन्द्र शाहबीच सुरु भएको संवाद आइतबार सबेरै सहमतिमा टुंगिएको थियो।

उक्त सहमतिलाई वैकल्पिक राजनीतिमा ठूलो घटनाका रूपमा हेरिएको छ। यही घटनापछि श्रम संस्कृति पार्टीका अभियन्ता साम्पाङले तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।

आइतबार बिहान सबेरै उनले फेसबुकमा लेखेको पहिलो स्टाटसमा ‘सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउनेदेखि सावधान ! देश सिध्याउँछन् यी विदेशी दलालहरुले !’ भन्दै कडा टिप्पणी गरेका थिए।

त्यसपछि दिनभर उनले नेतृत्व, सत्ता, मिडिया र वैकल्पिक राजनीतिलाई लक्षित गर्दै एकपछि अर्को स्टाटस लेखिरहे। उनले आफूले अघि सारेको ‘श्रम संस्कृति’ नै वास्तविक परिवर्तनको आधार भएको दाबी पनि दोहोर्‍याए।

सबैभन्दा पछिल्लो स्टाटसमा साम्पाङले ‘श्रम संस्कृतिले ल्याउने छ बहुमत ! अरु त मिडिया ट्रायल मात्रै हो ! जनतामा जानु कता हो कता प्रधानमन्त्री रे !’ भन्दै कटाक्ष गरेका छन्।

साम्पाङका यी अभिव्यक्तिलाई कतिपयले वैकल्पिक राजनीतिभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्व प्रतिस्पर्धाको संकेतका रूपमा हेरेका छन्।

रवि–बालेनको सहकार्यले उत्पन्न नयाँ राजनीतिक समीकरणले आगामी दिनमा वैकल्पिक शक्तिहरूबीच थप तरंग ल्याउने अनुमान गरिएको छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  २ : ५४ बजे

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

एजेन्सी– रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै

सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको,