गीतमा प्रयोग भएका अपशब्दका कारण भिटेन पक्राउ–प्रहरी « Khabarhub

गीतमा प्रयोग भएका अपशब्दका कारण भिटेन पक्राउ–प्रहरी


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित र्‍यापर भिटेन (समीर घिसिङ) लाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको र्‍याप गीतमा प्रयोग गरिएका शब्दलाई लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भिटेनलाई बिहीबार (आज) महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सशकुल थापाले गीतमा प्रयोग भएका शब्दका कारण पक्राउ गरिएको बताए ।

‘धेरै अपराध छ, गीतमा गाँजा खाएर मस्ती हुन्छु, रक्सी पिएर प्रहरीको चौकीमा मस्ती गर्छु जस्ता शब्द प्रयोग गरिएको छ,’ एसएसपी थापाले खबरहबसँग भने, ‘थाइल्याण्डमा माल हान्छु भन्ने शब्द अपाच्य हो ।’

एसएसपी थापाका अनुसार  र्‍यापर भिटेनले सामाजिक सञ्जाल फेसबूकमा असईले चुरोट तानिरहेको तस्वीर अपलोड गरेका कारण पक्राउ गरिएको हो ।

भिटेनले असईको तस्वीर अपलोड गरेका छन् । उक्त तस्वीरमा उनले चुरोट तानिरहेको देखाइएको छ । यसैलाई आधार बनाउँदै प्रहरीले भिटेनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १२ : ०० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका