मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन  « Khabarhub

मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धी परियोजनाको उद्घाटन गरेको छन ।

अत्याधुनिक सर्भरहरूमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आइएमएस) प्रणालीको स्विच अन गरी उनले औपचारिक रूपमा परियोजनाको उद्घाटन गरेका हुन् ।

यो क्षमता अभिवृद्धीसँगै अब एनसेलले यो डाटा सेन्टरमार्फत ५० लाख सक्रिय ग्राहकहरुलाई भोल्टे सेवा दिन सक्ने भएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएकाले यसले उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ ।

मन्त्री खरेलले पोखराका विभिन्न कार्यालयको निरीक्षण, अवलोकन तथा भेटघाट गर्ने क्रममा पोखरामा रहेको एनसेलको डिजास्टर रिकभरी सेन्टरका रुपमा संचालित डाटा सेन्टरको अवलोकन भ्रमण गरेका हुन् । एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ र कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखालक्ष्मी खड्काले मन्त्री खरेललाई स्वागत गरेका थिए ।

अवलोकन भ्रमण पश्चात मन्त्री खरेलले भने, ‘डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलका यस्ता पूर्वाधारले निरन्तर साथ दिइरहेको छ र डिजिटलाइजेसन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको पोखरा डाटा सेन्टर एक रहेको छ ।’ साथै उनले डाटा सेन्टरको सञ्चालन र व्यवस्थापनको प्रशंसा गरे ।

एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर श्रेष्ठले यो डाटा सेन्टर सन् २०१२ मा स्थापना गरी सञ्चालनमा ल्याइएको बताए र नेपालको दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रका एक प्रमुख पूर्वाधारको भूमिका निभाउँदै आएको बताए । ‘भोल्टेको क्षमता अभिवृद्धीपछि अब कम्पनीले यो आधुनिक सेवा अझ धेरै ग्राहकहरुलाई प्रदान गर्न सक्ने भएको छ,’ उनले भने ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ५३ बजे

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री