काठमाडौं– नेपाल टेलिकमले विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिने यो अफर विद्यार्थीहरूका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस अफरमा ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षका लागि ४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यसमा दैनिक २५ जीबी डाटा प्रयोग गर्न सकिनेछ भने सो सीमा नाघेपछि स्पिड ५ एमबीपीएसमा सीमित हुनेछ। जडान शुल्क ५०० रुपैयाँ तोकिएको छ ।
विद्यार्थीले एक थान ड्युअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क पाउनेछन् । सेवा लिन माघ २२ भित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा आवेदन दिन सकिने टेलिकमले जनाएको छ ।
वि.सं. २०५४ साल वा सोपछि जन्मिएका विद्यार्थीका लागि मात्र लागू हुने यो अफरका लागि जन्म दर्ता वा नागरिकता र विद्यार्थी परिचय पत्र अनिवार्य हुनेछ । अफर अवधि सकिएपछि यही प्याकेजमा नवीकरण गर्न नमिल्ने टेलिकमले जनाएको छ ।













प्रतिक्रिया