काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ पार्टी उपसभापति बनेकोप्रति प्रश्न गरेका छन् ।
गैरदलीय चुनावी सरकारका मन्त्रीले राजीनामा नदिई पार्टी उपसभापति बनेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
सोमबार साँझ ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका हुन् । सभापति रवि लामिछाने र बालेन्द्र साहले कुलमानलाई उपसभापति बनाउने निर्णय गरेसँगै कुलमान रास्वपामा आफ्नो पार्टी उज्यालो नेपालसहित समाहित भएका हुन् ।
‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु—कति उचित हो ?’, महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।













प्रतिक्रिया